एमाले नेता महेश बस्नेतले भने,- निर्वाचन नभए देश द्वन्द्वमा जान्छ
भक्तपुर, कात्तिक १० । नेकपा एमालेका नेता महेश बस्नेतले निर्धारित् मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नभए देश द्वन्द्वमा जाने दाबी गरेका छन् ।

शुक्रबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा उनले ‘वाम गठबन्धनबाट सरकार अत्तालिएर निर्वाचन नगरे द्वन्द्व बढ्छ’–भने । आगामी निर्वाचनमा एमाले र कांग्रसको कडा प्रतिसप्रर्धा हुने बस्नेतको जिकिर थियो ।


