यी हुन सातै प्रदेशका मुख्यमन्त्रीका दावेदार !

काठमाडौं । प्रदेश र संघको निर्वाचनले यतिबेला देश तातेको छ । यतिबेला विशेषगरी नयाँ प्रयोग भएकाले प्रदेशसभाको निर्वाचनको विषयमा विभिन्न चर्चा परिचर्चा हुने गरेका छन् । अझ प्रदेशको मुख्यमन्त्रीको विषयमा त झन् चिया पसलमा समेत व्यापक गाईंगुई सुनिन्छ ।

कांग्रेस युवा नेता गगन थापाले मुख्यमन्त्रीमा आफ्नो इन्ट्रेस्ट देखाए तापनि सभापति शेरबहादुर देउवा कारण उनी ब्याक हुनु परेको खबर पनि सर्वविधितै छ । नेताहरुले मुख्यमन्त्रीकै लागि संघ छाडेर प्रदेश रोजेको जिषय पनि चर्चामै छ । यस्तोमा मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुँदैछ । पहिलो प्रदेश सभा निर्वाचनमा मुख्यमन्त्रीको सम्भावना बोकेका नेता को–को छन् त ?

प्रदेश १
प्रदेश नम्बर १ मा शेरधन राई मुख्यमन्त्रीका दावेदार हुन् । एमाले अध्यक्ष ओलीले मुख्यमन्त्रीको आश्वासन दिएकै कारण राई प्रदेशसभामा चुनाव लड्न तयार भएका छन् । उनी भोजपुर ‘ख’ बाट चुनाव लड्दैछन् । राई दुईपटक भोजपुरबाट निर्वाचित भई एकपटक मन्त्रीसमेत भइसकेका छन् ।

उता सुनसरीबाट प्रदेश सभामा चुनाव लड्न लागेका भीम आचार्य पनि मुख्यमन्त्रीको दाबेदार हुन् ।
कांग्रेसका तर्फबाट विश्वप्रकाश शर्मालाई मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिए तापनि नेता विमलेन्द्र निधिका कारण उनको समभावना कम छ । उनको नाम झापा–१ बाट सिफारिस भइसकेको छ । यस्तोमा भीष्मराज आङदम्बेको सम्भावना बलियो छ ।

प्रदेश ३
प्रदेश नम्बर तीनमा एमाले नेता पशुपति चौलागाईं मुख्यमन्त्रीका दाबेदार हुन् । दोलखा प्रदेश ‘ख’ बाट चुनाव लड्न लागेका उनले यसका लागि लबिङसमेत थालिसकेका छन् । त्यसो त धादिङ १ ‘ख’ बाट उम्मेदवारी दिएका एमाले नेता राजेन्द्र पाण्डेलाई पनि भाबी मुख्यमन्त्रीको रुपमा हेरिएको छ । काठमाण्डुबाट प्रदेश सभामा भिड्न लागेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको छ ।

प्रदेश ४
प्रदेश चारमा लमजुङ ‘ख’ बाट चुनावी मैदानमा उत्रिएका एमाले सचिव पृथ्वीशुब्बा गुरुङ मुख्यमन्त्रीका दाबेदारह हुन् । पूर्वमन्त्री गुरुङ मुख्यमन्त्री बन्नकै लागि प्रदेशबाट चुनाव लड्न लागेका हुन् । पार्टी पनि उनीप्रति सकारात्मक छ ।

प्रदेश ६
हुम्लाबाट प्रदेश सभामा चुनाव लड्न लागेका कांग्रेस नेता जीवनबहादुर शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार हुन् । पूर्वमन्त्रीसमेत रहेका शाही हुम्ला ‘ख’ बाट चुनाव लड्दैछन् ।

उता माओवादीबाट महेन्द्रबहादुर शाही पनि मुख्यमन्त्रीको दावेदार बनेका छन् । कालिकोटबाट चुनाव लड्न लागेका उनी हालका बिना विभागीय मन्त्रीसमेत हुन् ।

प्रदेश ७
प्रदेश सातमा एमाले नेता कर्णबहादुर थापा मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । उनी मुख्यमन्त्री बन्न ७ नम्बर प्रदेशको समानुपातिकमा बसेका छन् ।

यो आँकडा पहिलो चरणमा निवाृचन हुने जिल्लालाई आधार मानेर मात्र तयार पारिएको हो । अझै दोस्रो चरणको निर्वाचन बाँकी रहेकाले यी प्रदेशमा अरु पनि मुख्यमन्त्रीको दाबेदार हुन सक्छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।