प्रचण्डका ज्वाईलाई उम्मेद्धार बनाउने पक्का पक्की, पूर्वका कार्यकर्ता असन्तुष्ट
विराटनगर । अघिल्लो पटक काग्रेससगँ गठबन्धन गरेर आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाउन सफल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस पटक मोरगं ६ नम्बर निर्वाचन क्षेत्रबाट ज्वाई जीवन आचार्यलाई उम्मेद्धार बनाउने पक्का भएको छ ।
उनको उम्मेद्धारी पक्का पक्की भएको हल्ला चले पछि माओवादी कार्यकर्ताहरु भने रुष्ट भएका छन् ।
कतिपय कार्यकर्ताहरुले को हो जीवन आचार्य भनेको भन्दै सामाजिक सञ्जालमै असन्तुष्टी जनाएका छन् । कतिपयले उनले टिकट पाए स्वतन्त्रै भए पनि उम्मेद्धारी दिने सम्मको चेतावनी दिएका छन् ।
कतिपयले भने नेताको परिवारका सदस्य प्रयोग गरेर प्रचण्डको कद घटाएको भन्दै असन्तुष्टी जनाएका छन् ।
कहिले छोरी कहिले ज्वाई जता जता भए पनि आफ्ना परिवारलाई सेटल गर्ने प्रचण्डको यो रणनीतिले कतिपय कार्यकर्ताहरु जीवन उठेमा मत नहाल्ने निष्कर्षमा पुगेको एक नं प्रदेश कमिटिका एक सदस्यले मिर्मिरेलाई बताए ।
हिजो लड्ने दुखः गर्ने बेलामा आफ्ना मान्छे लुकाउने, सुरक्षित राख्ने र अहिले भाग पाउने बेलामा धमाधम निकाल्ने गरेको भन्दै असन्तुष्टी बढ्न थालेको छ ।
उता झापा २ क्षेत्रमा पनि गोपाल किरातीलाई टिकट दिने आस्वासन दिए पनि अन्ततः राम कार्कीलाई दिएर किरातीलाई पाखा लगाउने रणनीति प्रचण्डले लिए पछि किरातीले निर्वाचन पछि अलग्गै पार्टी बनाउने मनशाय बनाएको किराती निकट स्रोतले जनाएको छ ।


