नेपाली कांग्रेससँग सिट बाँडफाँटमा सहमति हुन नसकेपछि राप्रपा लोकतान्त्रीक गठबन्धनबाट बाहिरिने
काठमाण्डौं । सिट बाँडफाँटमा नेपाली कांग्रेससंग सहमति हुन नसकेपछि राप्रपाले लोकतान्त्रीक गठबन्धन छाडेको छ ।

१ नम्वर प्रदेशको झापा ३ मा राप्रपालाई समर्थन गर्ने गठबन्धनदलबीच भएको सहमति विपरित कंकांग्रेसले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धनमा बस्नुको औचित्य नभएको राप्रपाका महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङदेनले बताए । राप्रपाले गठबन्धनबाट बाहिरिएको औपचारिक घोषणा केहीदिनभित्रै गर्ने महामन्त्री लिङदेनको भनाई छ ।
कांग्रेसले समानुपातिकको सूचीमा राखिएका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समानुपातिकबाट हटाएर झापा ३ बाट प्रतिनीधिसभामा उठाउने निर्णय गरेको छ । सो क्षेत्रमा राप्रपाले पनि राजेन्द्र लिङदेनलाई उठाउने तयारी गरेको छ । एउटै क्षेत्रमा दुबै पार्टीले दावी गरेपछि गठबन्धन टुटेको हो ।
कांग्रेसको पछिल्लो निर्णयका कारण गठबन्धनमा बस्ने नैतिक अवस्था सकिएको भन्दै नेता लिङदेनले अबको निर्वाचनमा कांग्रेसपछि प्रतिस्पर्धी हुने बताए । उनले कुनैपनि बहानामा आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै अन्य शक्तिसंग तालमेलको संभावना रहेको बताए ।


