एमालेकी पूर्व वन राज्यमन्त्री भगवती भन्छिन्–‘हारेकोसँग किन चुनाव लड्ने ?’

काठमाडौं । आगामी मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं–३, एमालेकी पूर्व वन राज्यमन्त्री भगवती चौधरीले बाजा गाजासहित उम्मेदवारी दर्ता गराएकी छिन् ।

आज बिहीबार सुनसरीवासी र कार्यकर्ताहरुको साथमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।

सो क्षेत्रबाट एकल महिला उम्मेदवार समेत रहेकी चौधरी दोस्रो संविधान सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ बाट प्रत्यक्ष उम्मेदवार बन्दा तत्कालीन निकटतम प्रतिद्वन्द्वी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका विजय गच्छदारलाई पराजित गरेपनि प्राविधिक र राजनीतिक षड्यन्त्रका कारण जितेर पनि हराइएको इतिहास छ ।

‘अब,त्यो इतिहास सम्झेर फाइदा छैन । जनताले को कस्तो बुझिसकेका छन् ।’ हाल फेरि नेपाली काँग्रेससँग पार्टी एकता गरेर सुनसरी क्षेत्र नं–३ मा उम्मेदवार बनेका अध्यक्ष गच्छदारभन्दा अगाडि नै चौधरीले आफ्नो उम्मेदवारी दर्ता गराउन सफल भएकी छिन् ।

प्रत्यक्ष उम्मेदवार चौधरीले आफू जनताको साथमा आगामी मङ्सिरमा १० मा हुने प्रतिनिधिसभाको लागि प्रत्यक्ष उम्मेदवारी दर्ता गराएको जानकारी गराइन् ।

त्यतिबेला सुनसरी क्षेत्र नं. ३ मा चौधरीको जनाधार त्यति बलियो र सङ्गठित भएपनि साढे चा सय भोटलाई बदर गरेर गच्छदारलाई जिताईएको थियो । विगतका ति दिन्लाई स्मरण गर्दै उनले भनिन्,‘ विजय गच्छदारविरुद्ध मेरो उम्मेदवारी होइन । मेरो उम्मेदवारी त जनताको हितको लागि हो । उनी त हारिसकेका छन् ।’ फेरि उनले भनिन्,‘जनताका सामू हारिसकेको मान्छेसँग किन चुनाव लड्ने ?’ – मकालु खबरको सहयोगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।