एमाले ले धोका दिएको भन्दै माओवादीले गर्यो गठबन्धन टुटेको घोषणा !

भक्तपुर । भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा गरेको हो। बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएको थियो तर गठबन्धनका उम्मेदवारविरुद्ध एमालेले छुट्टै बागी उम्मेदवारी दर्ता गराएको थियो।

बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएको थियो तर गठबन्धनका उम्मेदवारविरुद्ध एमालेले छुट्टै बागी उम्मेदवारी दर्ता गराएको थियो।

एमालेले आधिकारिक पत्र पठाएर जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको हो। उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुरको चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र रहेका छन् भने समर्थकमा साविक चाँगुनारायण गाविसका पूर्वअध्यक्ष एवं एमाले जिल्ला नेता मोहनवीर श्रेष्ठ रहेका छन्।

एमालेले आइतबारसम्ममा उम्मेदवारी फिर्ता हुने आश्वासन दिएको तर उम्मेदवारी फिर्ता नगरेर माओवादी केन्द्रलाई धोका दिएको जिल्ला सचिवालय सदस्य सुनिल गोठेले बताए।
‘आइतबार एमालेको तर्फबाट बागी उम्मेदवारी फिर्ता नभएकाले हामीले गठबन्धन टुटेको घोषणा गरेका छौं’, उनले भने, ‘एमालेले षडयन्त्र गर्‍यो।’

वाम गठबन्धनबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ मा माओवादीका मिलन सुवाल र क्षेत्र नं १ को प्रदेश क मा माओवादीकै देवीप्रसाद ढकाल र प्रदेश ख मा एमालेका रोमन शिलाकारको उम्मेदवारी दर्ता गरिएको थियो।

क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एमालेका महेश बस्नेत, उक्त क्षेत्रका क र ख दुईटै प्रदेशमा एमालेकै क्रमशः शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको थियो। गठबन्धनले क्षेत्र नं १ का तीनै उम्मेदवारले माओवादीको चुनाव चिह्न र क्षेत्र नं २ मा एमालेको निर्वाचन चिह्न लिएर चुनाव लड्ने सहमतिसमेत गरेका छन्।

यता एमाले भक्तपुरले भने गठबन्धन कायमै रहेको दावी गरेको छ। एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा परेको उम्मेदवारी फिर्ता नभएकै कारण गठबन्धन नटुट्ने बताएका हुन्।

उक्त प्रदेशमा एमालेको वागी उम्मेदवार भए पनि पार्टीले वाम गठबन्धनकै उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ थियो। उक्त प्रदेशमा एमालेकै अर्का नेताले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमाले चाँगुनारायण नगर समितिका पूर्वअध्यक्ष रमेश बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। -ईश्वरकाजी खाइजू / अन्नपुर्ण पोष्टबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।