मिल्यो भक्तपुरमा वाम गठबन्धनको कुरा !

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा मा एमाले–  माओवादी केन्द्रबीच उम्मेदवारको बिषयमा भएको विवाद मिलेको छ ।

भक्तपुरको विवाद मिलेपछि अब वाम गठबन्धनका बीच कुनै पनि ठाउँमा समस्या नभएकाले एकमना एकताका साथ चुनावमा जाने एमालेका युवानेता महेश बस्नेतले आज रफत संचार क्लव भक्तपुरमा आयोजित कार्यक्रममा बताएका छन् । सो क्षेत्रमा  एमालेको तर्फबाट जिल्ला सचिव हरिशरण लामिछाने  र माओवादी केन्द्रका देवीप्रसाद ढकालको उम्मेदवारी परेको थियो ।

एमालेले उदयपुरमा माओवादी केन्द्रलाई  सघाउने निर्णय गरेपछि  भक्तपुरमा माओवादीले एमालेलाई  सघाउनका लागि तयार भएको छ । उदयपुरमा एमालेका नेता जगन्नाथ खतिवडाले दिएको उम्मेदवारी आइतबारै फिर्ता लिएका छन् । उदयपुरमा माओवादीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सुरेन्द्र राईलाई सघाउने सहमति भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖