भारतीय पक्षबाट नेपाली नागरिकमाथि ठूलो ज्यादती र अन्याय भयो : अन्तर्राष्ट्रिय अधिकारकर्मी

काठमाडौं । भारतीय पक्षले निर्माण गरेको बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पुर्याएको क्षतिको अन्तर्राष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् ।

खाद्य अधिकारका क्षेत्रमा वकालत गर्दै आएको फियान इन्टरनेसनलको उच्च निकायले बाँकेमा आएर हालै अनुगमन गरेको हो । नागरिक दैनिकमा खबर छ – अनुगमन पश्चात टोलीले भारतीय पक्षबाट नेपाली नागरिकमाथि ठूलो ज्यादती र अन्याय भएको निष्कर्ष निकालेको छ ।

राप्ती नदीलगायत विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिने गरी भारतीय पक्षले निर्माण गरेको संरचनाका कारण हरेक वर्ष बाँकेका दर्जनौं गाउँ डुबानमा पर्दै आएका छन् ।

फियान इन्टरनेसनल जर्मनीका एसिया क्षेत्र संयोजक सविने पाविष्टले भारतले अन्तर्राष्ट्रिय नियमविपरीत नेपाली भूभाग डुब्नेगरी संरचना बनाएर अन्याय गरेको बताइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।