राजेन्द्रलाई एमाले भित्रैबाट घात, सुनिललाई जनताको साथ !
आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनले जिल्ला तातेको छ । खासगरी जिल्लामा सरकारका वर्तमान मन्त्री सुनीलबहादुर थापा र स्थानीय निकायको निर्वाचनमा सातै तह जितेर चर्चा कमाएका राजेन्द्र राईबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ ।
धनकुटामा पनि अरु जिल्लामा जस्तै चुनावी सरगर्मी बढेको छ । चुनावको चटारोले राजनीतिकर्मीलाई भ्याइनभ्याई छ । घरदैलो पुग्न उनीहरु तीव्र गतिमा कसरत गरिरहेका छन् ।
वाम गठबनधनका तर्फबाट एमाले जिल्ला अध्यक्ष राई र लोकतानित्रक गठबन्धनका तर्फबाट थापा चुनावी मैदानमा छन् । यी दुवै एउटै गाउँले हुन् । यी दुवै जिल्लामा बलिया प्रतिष्पर्धी हुन् । अहिले नै कसले बाजी मार्ला भनेर ठोकुवा गर्न नसकिए पनि धनकुटा थापाले पूरानो विरात जोगाउने अनुमान गरिएको छ ।
जिल्लामा निक्कै प्रभाव जमाएका छन् थापाले । बाबु सूर्यबहादुर थापाको छत्रछायाबाट राजनीतिक ज्ञान आर्जन गरेका सुनीलबहादुर थापा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै चिनिएका व्यक्ति हुन् । उनी पहिलो पटक ससभासद बने लगत्तै मन्त्री बनेका व्यक्ति हुन् ।
उनले पहिलो पटक आपूर्ती मन्त्रालय सम्हालेपछि वर्षाैदेखि घाटामा गएको नेपाल आयल निगमलाई नाफामा ल्याउने र नेपालमै पहिलो पटक पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेर चर्चा कमाउन सफल भएका व्यक्ति हुन् । उनलाई नेपाली राजनीतिमा सूर्यबहादुर जस्तै चतुर राजनीतिज्ञ र कुटनीतिज्ञ भन्ने गरिन्छ । त्यही भएर योपटक थापाले नै बाजी मार्ने धेरैको आँकलन छ ।
उनले पहिलोपटक आपूर्ती मन्त्रालय सम्हालेपछि वर्षाैदेखि घाटामा गएको नेपाल आयल निगमलाई नाफामा ल्याउने र नेपालमै पहिलो पटक पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेर चर्चा कमाउन सफल भएका व्यक्ति हुन् । उनलाई नेपाली राजनीतिमा सूर्यबहादुर जस्तै चतुर राजनीतिज्ञ र कुटनीतिज्ञ भन्ने गरिन्छ ।
जिल्ला र केन्द्रमा समेत राम्रो पकट भएका थापा अहिले चुनावी अभियान छन् । उनी सभासद हुँदा जिल्लामा धेरै ठाउँमा विकास गरेका छन् । उनी अहलिेसम्म कुनै प्रकारको विवादमा मुछिएका छैनन् । अघिल्लो सरकारमा रहँदा उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका विश्वास पात्र थिए ।
यता जिल्लाको राजनीति भन्दा माथि उठ्न नसकेका राई थापालाई १५ हजार को मतान्तर पारजित गर्ने दिवा सपनामा छन् । उनलाई वाम गठबन्धनको साथ रहेकाले पनि सजिलै जित्छु भन्ने भ्रम परेको छ । तर, उनी एमालेभित्र सामन्ती शैली अपनाउने व्यक्ति भएका कारण उनलाई अन्य वाम दल मात्रै होइन, एमाले भित्रैबाट घात हुन सक्ने देखिएको छ ।
गत स्थानीय निकायको निर्वाचनमा एमालेले सातै तहमा जितेको थियो । त्यसमा पनि माओवादी केन्द्रको साथ पाएका कारण राईले १५ हजार मतको अन्तरले विजयी हुने दावी गरिरहेका छन् । ‘मलाई कसैले हराउन सक्दैन’ उनले भने, ‘मेरो प्रतिष्पर्धा कसैसँग हुँदैन, म मात्र एक्लो उम्मेदवार हुँ, मलाई जिल्लाबासीले अत्याधिक मत दिएर जिताउनु हुन्छ ।’
उनीभित्र रहेको उग्र जातिवादी चिन्तन र व्यवहारका कारण उनले प्रतिनिधि सभाका जित हात पार्ने सम्भावना न्युन रहेको उनी निकट स्रोतले बताएको छ । – साभार पाथिभरा न्यूजबाट


