पुत्र-वियोगमा रहेका प्रचण्डको समर्थनमा भरतपुरमा उर्लियो लाखौँको जनलहर !

चितवन । पुत्र वियोगकाबीच चितवनको भरतपुरमा आयोजित चुनावी आम सभामा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा लाखौँको जनलहर देखिएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ अन्तर्गत केन्द्रीय बस टर्मिनल चौरमा ५० हजार भन्दा धेरै सर्वसाधरण सहभागी बनेका छन् ।

कार्यक्रममा सहभागी त्यहाँ स्थित दियोपोस्टका संवाददाता खेम बहादुर दर्जीका अनुसार कांग्रेस र राप्रपाका कार्यकर्ता समेत कार्यक्रममा सहभागी छन् । ‘यो चौरको क्षमता ५० हजारको संख्यामा मानिस अट्ने रहेको छ,’ उनले भने,‘यौ चौरमा भरिएर पनि मानिसहरु बाहिर बसिरहेका छन् ।’

भरतपुरको वडा नम्बर ९ बाट मात्रै ९ वटा बस र अटोरिक्सामा जनता सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवार सहित चितवन पुगेका थिए । कार्यक्रमलाई उनले सम्बोधन भने नगर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली, माधव नेपाल र सुरेन्द्र पाण्डेले सम्बोधन गर्नेछन् । त्यस्तै माओवादी केन्द्रका नेता राम बहादुर थापा बादलले पनि कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

कार्यक्रमको शुरुवातमा शिर्ष नेताहरुले प्रकाश दाहालको तस्विरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।