कांग्रेस नेत्री इन्दिरा थापा भन्छिन्,- सबै मिलेर वाम गठबन्धनलाई हराउनुपर्छ
धनकुटा खबर । नेपाली कांग्रेसकी नेतृ इन्दिरा थापाले जसरी पनि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेकी छन् । धनकुटाको पाख्रिवास नगरपालिकाको मुगामा आयोजित चुनावी कार्यक्रममा नेतृ थापाले विगतका तिक्ततालाई त्यागेर वाम गठबन्धनलाई परास्त गर्न आग्रह गरिन् । उनले प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नै गाउँका अर्जुन थापा र सुनीलबहादुर थापालाई जिताउन आग्रह गर्दै उनले भनिन्, ‘दुध कहाँ पोखियो आफ्नै थालमा, त्यही भएर लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ ।’ भिडियो हेर्नुहोस्


