हिलेमा संयुक्त वाम गठवन्धनको चुनावी सभा सम्पन्न

धनकुटा खबर । संयुक्त वाम गठवन्धनको चुनावी सभा आज धनकुटा नगरपालिका वडा नं हिले ओक्मालुङ्गमा सम्पन्न भएको छ ।

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न सभामा वोल्दै वाम गठवन्धनका नेता तथा उम्मेद्धारहरुले धनकुटाको विकास, समृद्धी र प्रदेश नं १ को राजधानी धनकुटालाई वनाउनका लागि पनि वाम गठवन्धनलाई जिताउन आवश्यक रहेको भन्दै वाम गठवन्धनलाई मत दिन मतदातालाई आग्रह गरेका छन् ।

सभामा विप्लव समूह नेपाल कम्युनिष्ट पार्टी का जिल्ला सदस्य शुक्र राई नेतृत्वको १० जना र कंग्रेसका ५ जना वाम गठवन्धनमा प्रवेश गरेका छन् ।

सभामा १ नं वडाध्यक्ष निरन तामाङ्ग, नेकपा एमालेका जिल्ला कमिटी सदस्य नहकुल राई,माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य नारायण तितुङ्ग, सिताराम श्रेष्ठ,जिल्ला समन्वय समितिका सदस्य ओङ्गदा तामाङ्ग, लगायतको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।