अध्यक्ष ओलीले भने,- पेट्रोलियम खानी उत्खननबाट नेपाल धनी हुन्छ

दैलेख, ७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानी उत्खनन् गरेर नेपाल धनी बन्न सक्ने बताउनुभएको छ ।

नेपाल पानीमा मात्रै धनी नभएको उल्लेख गर्दै उहाँले आफू प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसहित चिनियाँ टोली दैलेख पठाई अध्ययन तथा अवलोकन गरेपश्चात पेट्रोलियम पदार्थको प्रचुर सम्भावना रहेको पाइएको जनाउनुभयो ।

यहाँ आयोजित चुनावी सभामा उहाँले वाम गठबन्धनको सरकार बनेपछि पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन् हुने बताउनुभयो ।

अध्यक्ष ओलीले चुनावलगत्तै एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गरिने दोहो¥याउँदै उहाँले सार्वभौमसत्ता र नागरिक हकको प्रयोग तथा राज्यबाट नागरिकले पाउने सुविधालाई आशन्न निर्वाचनले नयाँ ढाँचामा परिवर्तन गरी राष्ट्रिय स्वाभिमानको बाटोमा अगाडि बढाउनेछ भन्नुभयो ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले असमानता, विदेशी राष्ट्रको हस्तक्षेप हटाउँदै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । “गरिबी हटाउन वाम गठबन्धन आवश्यक छ, नेपालमै युवालाई काम गर्ने वातावरण सिर्जना गरेर विदेश गएका युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने बेला आएको छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।