नेकपा एमाले नेता लालवावु पण्डित सवार गाडिमा वम प्रहार !
मोरङ । मोरङ क्षेत्र नं. ६ का बामगठबन्धनका उमेदवार तथा एमाले नेता लालबावु पण्डित सवार गाडिमा लक्षित गरी बम विष्फोट भएको छ ।

फाईल फोटो
चुनावी कार्यक्रममा मोरङको बुढीगंगा गाउपालिका वडा नं. ६ अन्तर्गत कोहलपुरतर्फ जाने क्रममा आज बिहान बम विष्फोट गराईएको हो ।
बिष्फोटबाट कुनै क्षति भने नभएको अनेरास्ववियूका सचिव वसिम आलमले जानकारी दिनुभयो । सो ठाउँमा अन्य बम पनि हुन सक्ने आशंकामा अहिले त्यहा प्रहरीले खाजी गरिरहेको छ ।
बम कसले विष्फोट गराएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


