गोरखाबाट बाबुरामले जित्ने कि नारायणकाजीले ? चल्यो लाख-लाख बाजी…

गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ।

पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्ने छ। प्रतिनिधि सभा र प्रदेश सभाको हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न पहिलो चरणको मत गणना पनि मंसिर २१ गते साँझपछि मात्र सुरु गरिनेछ।

गोरखा नगरपालिका ८ का थापा थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा एकलाख तिर्ने बाजी थापेका छन्। गोरखा नगरपालिका १३ का गुरुङ थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा थापालाई एकलाख तिर्न तयार भएका छन्। उनीहरुले एकेक लाख रुपियाँ दुवैले विश्वास गर्ने एक मध्यस्थलाई बुझाइसकेको जानकारी दिए।

बाजी खेल्दै गोनपा ८ का खत्री थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा ५० हजार रुपियाँको बाजी थापेका छन्। उनका जोडी बस्नेत थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा ५० हजार तिर्ने जनाएका छन्। उनीहरुले पनि मध्यस्थलाई ५०/५० हजार रुपियाँ बुझाइसकेको जनाएका छन्।

त्यस्तै गोनपा ८ कै अर्का थापा थरका युवाले भट्टराईले जित्ने दाबी गर्दै हारेमा ५० हजार तिर्ने जनाएका छन्। श्रेष्ठले जित्ने अडानका साथ बस्नेत थरकै अर्का युवाले ५० हजार रुपियाँ तिर्न राजी भएका छन्। उनीहरुले पनि ५०/५० हजार रुपियाँ जम्मा गरिसकेका छन्।

थापा थरका स्थानीय अर्का युवाले भट्टराईले जित्ने दाबीका साथ ५० हजार रुपियाँको बाजी खेलेका छन्। उनका जोडी कट्टेल थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबी गर्दै हारेमा १० हजार रुपियाँ तिर्ने खेल खेलेका छन्। उनीहरुको रकम पनि मध्यस्थलाई बुझाइसकेका छन्।उनीहरु सबैले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै बाजी खेल रमाइलोका लागि बाजी खेलेको जनाएका छन्।यो खबर हामीले आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिएका हौ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।