ओलीले सम्बोधन शुरु गर्ना साथ लगनखेलमा बम विस्फोट !
ललितपुर । लतिलपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ ।
मंगलबार दिउँसो आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गर्ना साथ बम विस्फोट भएको थियो ।
सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको थियो ।
घटनामा मानवीय क्षति भने भएन ।थप विवरण आउन बाँकी रहेको छ ।


