गगन थापाको पट्टी नक्कली भएको खुलासा, जबरजस्ती पट्टी बाध्न लगाएको अस्पतालको पुष्टी !

काठमाडौं । गत साता काठमाडौंको बुढानिलकण्ठस्थित चप्पली हाईटमा भएको बम बिस्फोटमा कांग्रेस नेता एवं काठमाडौं ४ का उम्मेद्वार गगन थापा घाइते नभएको खुलासा भएको छ । बम आक्रमणबाट कांग्रेस कार्यकर्ता घाइते भएपनि थापा भने जोगिएका थिए । चुनाव प्रचार प्रसारका क्रममा चप्पली हाईट पुगेका थापा केही अगाडि पुगेपछि बम पड्किएको प्रत्यक्षदर्शीले बताए ।

यता, बम अक्रमणबाट गंभिर घाइते भएका भनिएका थापा त्रिबि शिक्षण अस्पतालमा उपचार नै नगरी टाउकोमा पट्टी बाँधेर बाहिरिएको पनि तथ्य खुलेको छ । बम बिष्फोटमा घाइते भएकालाई भेटन गएका थापा आकस्मिक कक्षमा रहेका घाइतेको अवस्था बुझेर कार्यकारी निर्देशक डा. दिपक महराको कार्यकक्षमा गई टाउकोमा मलमपट्टी लगाएको अस्पतालले जनाएको छ ।

‘गगनजीको कानमा अलिकति स्क्र्याच भएको जस्तो मात्र थियो, त्यसैले इमरजेन्सीमा उपचार गरिएन’, कार्यकारी निर्देशकको कार्यकक्षमा मलमपट्टी बाँध्न लगाएर थापा तत्कालै फर्किएको त्रिबि शिक्षण अस्पतालका प्रवक्ता डा. गोविन्द प्रधानले जानकारी दिए । यसैबीच बम आक्रमणमा घाइते भएका भनिएका काठमाडौं ४ का आफ्ना प्रतिष्पर्धी थापाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका डा. राजन भट्टराईलाई दुर्व्यवहार भएको सन्दर्भमा थापाले भनेका छन् ‘राजन जी मलाई भेट्न इमर्जेन्सीतिर जानुभएछ, म त्यहाँ थिईन’ ।

उनले राजन भट्टराईमाथि भएको दुर्व्यवहारको सन्दर्भलाई स्पष्ट पार्ने क्रममा एक सार्वजनिक कार्यक्रममा नै आफु इमर्जेन्सीमा नभएको बताएका हुन् । आकस्मिक कक्षमा उपचार भइरहेको जानकारी पाएर भेटन पुगेका गगनका प्रतिस्पर्धी एमाले नेता डा. राजन भट्टराईलाई भेटन नदिएर सहयोगीले दुव्र्यवहार गरेका थिए । थापालाई भेटन गएका एमाले काठमाडौं ४ का उम्मेदवार भट्टराईलाई आकस्मिक कक्षमा भेटन नदिई दुब्र्यवहार गर्नुको कारण पनि थापा उपचार कक्षमा नरहेको बताइएको छ ।

सो घट्नामा थापासहित ११ जना घाइते भएका थिए । जसमध्ये मध्ये ७ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ३ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । – छलफलबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।