फोटो ग्यालेरी

पाँचथार र धनकुटाको सीमा हुदै बग्ने नावा खोलामा डुबेको टिपर

तमोर कोरिडोर सडक अन्तर्गत पाँचथार र धनकुटाको सीमा हुदै बग्ने नावा खोलामा बाढी आएसँगै खोलाको बीचमै डुबेको टिपर निकाल्ने प्रयास गरिँदै । तस्बिरः दिलकुमार लिम्बू/रासस

तरकारी बारीमा विद्यार्थी

नुवाकोटको किस्पाब गाउँपालिका–३, काहुलेस्थित ऐसेलु भूमे माध्यमिक विद्यालयको तरकारी बारी देखाउँदै बाली विज्ञान विषयका विद्यार्थी । तस्बिर ः प्रकाश सिलवाल/रासस

धान रोपेपछि देखिएको हरियाली फाँट

धान रोपेपछि देखिएको म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङको फाँटको दृष्य । रणवाङमा खेती हुने गौरीया जातको धान प्रसिद्ध छ । तस्बिर ः सन्तोष गौतम/रासस

खच्चडमा पाईप, सिमेन्ट ढुवानी

डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको डोल्पोवुद्द गाउँपालिकातर्फ खच्चडमा पाईप, सिमेन्ट ढुवानी हुँदै । एक खच्चडले बोकेको पाँच दिनको ज्याला रु आठ हजार लिने गरिन्छ । तस्बिर ः हेमन्त केसी/रासस

रावाबेँसीमा परिवारको गर्जो टार्न गिटी कुट्दै महिला

रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रावाखोला फाँटमा गिटी कुट्दै स्थानीय महिला । परिवारको गर्जो टार्न गिटी कुट्ने गरेका गरेको उहाँहरु बताउनुहुन्छ । तस्बिर ः केदार मगर/रासस

विद्यालय जाने उमेरमा कवाडी खोज्दै बालबालिका

विद्यालयजाने उमेरमा कवाडी खोज्दै बालबालिका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहानै कवाडी समान खोज्न हिँडेका बालबालिकाहरूको समूह । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

सुनसरीको इनरुवास्थित सडकमा लहरै राखिएका नेपालको राष्ट्रिय झण्डाको मनमोहक दृश्य

नेपालको राष्ट्रिय – झण्डा सुनसरीको इनरुवास्थित सडकमा लहरै राखिएका नेपालको राष्ट्रिय झण्डाको मनमोहक दृश्य । तस्बिर ः नवीन गड्तौला / रासस

जलकुम्भी झारले ढाकेको फेवाताल

जलकुम्भी झारले ढाकेको फेवाताल । जलाधार क्षेत्रबाट वर्षाको बाढीसँगै बगेर आएको जलकुम्भी झार फैलिएपछि ताल यतिखेर कुरूप बनेको छ । तस्बिर ः हरिप्रसाद बास्तोला/रासस

सङ्खुवासभाको पहिलो व्यापारिक केन्द्र तथा एतिहासिक नगरी चैनपुर बजार

सङ्खुवासभाको पहिलो व्यापारिक केन्द्र तथा एतिहासिक नगरी चैनपुर नगरपालिकाको चैनपुर बजार । तस्बिर ः सुजन बज्राचार्य/रासस

सङ्खुवासभामा धान रोप्दै विद्यार्थी

सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ स्थित महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङले आयोजना गरेको धान दिवसमा धान रोप्दै कृषि क्याम्पसमा विद्यार्थी । तस्बिर ः भविन कार्की/रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।