अरुण डाँडामा चियाको बिरुवा पौवादुङमा गाउँपालिका-१ श्यामशिलाकमा रहेको पर्यटकीय तथा धार्मिकस्थल अरुण डाँडामा चियाको बिरुवा रोप्दै गाउँपालिका अध्यक्ष किरण राईलगायत । तस्बिर ः युवराज विष्ट भोजपुर/रासस
अरुण उपत्यकामा रहेको तुम्लिङटार बिमानस्थलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी अवतरण गर्दै गरेको विमानलाई नियाल्दै । पछिल्लो समय बुद्ध एयरले ७२ सिट क्षमताको विमानबाट सेवा दिन थालेपछि भोजपुर, सङ्खुवासभा र धनकुटाको
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित फुङफुङे झरना स्थलमा रमाउदै आन्तरिक पर्यटक । तस्बिर ः सन्तोष पुर्कुटी /रासस
कत्लेभञ्याङ सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित अरुण नदी र सभाखोलाको सङ्गमस्थल कत्लेभञ्याङ । तस्बिर ः भविन कार्की÷/
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा रहेको खहरे गाउँ । मध्यपहाडी राजमार्गले छिचोलेको यस गाउँमा खेती योग्य जमिनमा तिब्र रुपमा बस्ती विस्तार भएको छ । तस्बिर ः खेमराज गौतम/रासस
म्याग्दीको मङ्गला गाउँपालिका–३ बुकेनीका दलवीर पुनले गर्नुभएको व्यावसायिक गोलभेँडा खेती । स्वेच्छिक अवकाश रोजेका पूर्वजनमुक्ति सेना ३७ वर्षीय पुनले २ वर्षदेखि बुकेनीमा व्यावसायिकरुपमा तरकारी खेती गर्दै आउनुभएको छ । तस्बिर
काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत । यहाँका किसानहरुले हिउँदमा बाँदरले दुःख दिने भएर बर्षायाममा मात्रै धानखेती गर्दै आएका छन् । तस्बिर ः
उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित ङिसाल गाउँ । चिसो हुने भएकाले सबै घरहरु जोडिएर एक तले बनाउने गरिएको छ । तस्बिर ः हेमन्त केसी/रासस
तनहुँको आँबुखैरैनी गाउँपालिका–२ ऐनापहरास्थित झरना नजिकको ढुङ्गामा कुदिएको गणेशको आकृति । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन ढुङ्गामा आकृति बनाइरहेको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस
तमोर कोरिडोर सडक अन्तर्गत पाँचथार र धनकुटाको सीमा हुँदै बग्ने नावा खोलामा बाढी आएसँगै जोखिमाका साथ गाडी खोला तराउँदै चालक । तस्बिर ः दिलकुमार लिम्बू/रासस