मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामाथिको मोटरेवल पुल बाढीले बगाएपछि आवतजावतका लागि निर्माण गरिएको फड्के पुलबाट गन्तव्यतर्फ जाँदै यात्रु । तस्बिरः दिलकुमार लिम्बू/रासस
उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र, त्रिशूली नुवाकोटमा गरिएको सूर्यमुखी खेती । परीक्षणको रुपमा सुरु भएको उक्त खेतीको सफलतासँगै केन्द्रले पछिल्लो वर्षमा व्यावसायिक खेती सुरु गरेको छ । तस्बिर ः रामहरि
स्याङ्जाको वालिङ– ८ घ्याङ्लिङमा अवस्थित श्रवणकुमार पार्क । वालिङ नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माण भएसँगै घुम्न आउनेको भीड लाग्ने गरेको छ । तस्विर ः तोलाकान्त बगाले/रासस
सङ्खुवासभाको हेवा, पिलुवा र सभाखोलामा असार २ गते आएको बाढीमा बेपत्ताहरु खोज्दै नेपाल प्रहरीको तालिम प्राप्त कुकुर । खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीको टोली एक सातादेखि लागिरहे पनि बेपत्ता २०
सङ्खुवासभाको हेवांखोलामा यही असार २ गते आएको बाढीले साँघु र पुल बगाएपछि खोलाबाटै जोखिम मोलेर पशुलाई सुरक्षित स्थलतर्फ लगिँदै । तस्बिर ः सुजन बज्राचार्य/रासस
आगलागीबाट ध्वस्त बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका वृद्धवृद्धा मानबहादुर मगर र दिलमायाँ मगर दम्पतीको घर । मिटरबक्सबाट सल्किएको आगोले मगरको जस्तापाताको छाना भएको चारतले घर, नगद रु ५०
सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ स्थित सभाखोलामा गएराति आएको बाढीले बगाएर ल्याएको ट्रक । तस्बिर ः भविन कार्की/रासस
गएराति मैवाखोलामा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको ताप्लेजुङको दोभान बजार । तस्बिरःसन्तोष पुर्कुटी/रासस
सङ्खुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना भई बग्ने हेवा खोलामा गएराति आएको बाढीले जोखिममा परेको बस्ती । तस्बिर ः सुजन बज्राचार्य /रासस
सङ्खुवासभाको खाँदबारी देखि सिलिचोङ गाउँपालिका जोड्ने अरुण नदीमा रहेको जिर्ण अवस्थाको छब्बिसे झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउँदै स्थानीय । मोटरेवलपुल निर्माण गर्न तीन वर्ष अघि नै ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले