सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० नागेश्वरीबाट देखिएको वडा न ११ आङ्लामा अवस्थित हेलुवाबेंसी । तस्बिरः सुजन बज्राचार्य/रासस
म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ऐतिहासिक गाउँ ज्यामरुककोट । यहाँको कोतडाँडामा १७औँ शताब्दीमा भद्रीबम मल्लले राज्य गरेका थिए । अहिले पनि यहाँ ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु
उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गत पर्ने सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित लहरबर क्षेत्रको हिलाम्मे सडक पार गर्दै स्थानीय बासिन्दा । हिलाम्मे सडक भएका कारण पदैलयात्रीले समेत सास्ती पाएका छन् । तस्बिर ः
धनकुटाको पाख्रिबास नगरपालिका वडा ४ मा अवस्थित सिमसार-तालतलैया क्षेत्रमा ढकमक्क फुलेको फूल तस्बीर :धनकुटा खबर
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ घोडाबाँधे खण्डअन्तर्गत अछेते बजारनजिकै रहेको काठेखोलामा रहेको पक्की पुलको दुरावस्था । पुलमा जमेको पानीका कारण पुल जोखिममा परेको छ । तस्बिर
रुकुम पूर्व सिस्ने गाउँपालिका–२ स्थित सल्ली बिसाउना गाउँको एक घरका स्थानीयले जतन गरी राखेको दाउरा । बर्खाको समयमा दाउराको समस्या हुने गर्दा पहाडी गाउँका स्थानीयले दाउराका लागि बेग्लै घर बनाई
घोराही– १५ न्युरोडस्थित एक घरको बार्दलीमा फुलेको ड्रागन फ्रुटको फूल । यसको फूल रातिमा मात्रै फुल्छ दिउँसो हुँदै गर्दा ओलाउने गर्दछ । तस्बिरः कुलदीप न्यौपाने/रासस
म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा हरियाली कृषक समूहले गरेको टमाटर खेती । एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा सहभागी कृषकहरुले अभ्यासका लागि टमाटर खेती गरेका हुन् । तस्बिर ः सन्तोष गौतम/रासस
सङ्खुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी र
दक्षिण पर्वतको पैयूँ गाउँपालिका-५ का ६४ वर्षिय कुलबिर गुरुङले चोयावाट बुनेको डोको । बाँसका सामाग्री बनाउने प्रचलन हराउँदै गएका बेला गुरुङले बनाएको डोको स्थानीय वडा कार्यालयमा प्रदर्शनीमा राखिएको छ ।