धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित सिमसार-तालतलैया तस्बीर: धनकुटा खबर
रुकुम(पूर्व) सिस्ने गाउँपालिका-१ सिस्ने गाउँका स्थानीय वृद्धा बेनुकेगोठस्थित लेकमा बाख्रा चराउँदै। यो याममा लेकमा प्रशस्त घाँस पलाउने भएकाले पशु चौपायालाई अस्थायी गोठ बनाएर लेकमै राख्ने गरिन्छ । तस्बिर: कुलदीप न्यौपाने/रासस
सङ्खुवासभाको मादी नगरपालिका– ६ मा रहेको सुन्तला जोन क्षेत्रमा सुन्तला नर्सरीको अनुगमन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सङ्खुवासभाका प्रमुख नवराज गुरुङलगायत । तस्बिर ः भविन कार्की/रासस
ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित गुराँसे पोखरी । पछिल्लो समय यो पोखरीमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-३ स्थित पर्यटकीय स्थल नागिटार। एक हजार ९३१ मिटर उचाईमा रहेको यस क्षेत्रमा अहिले गर्मी छल्न तथा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । तस्बिरः सुजन
धनकुटाको पाख्रीबास ४ मा अवस्थित प्रथम किरांती राजा यलम्बरको सालिक
बारीमै सुकेको दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ११ मोतिपुरका राजेश डाँगीले लगाएको बन्दा । बन्दा बिक्री नभएर बारीमा सुकेर खेर जान थालेपछि किसानले वस्तुलाई खुवाउन थालेका छन्। तस्बिरःदीपक बोहरा/रासस
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित गुराँसेपोखरी । पछिल्लो समय यो पोखरी पर्यटकीय क्षेत्रको रुपमा परिचित छ भने आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ । तस्बिरः सन्तोष पुर्कुटी/रासस
म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोटमा रहेका परम्परागत घर । तस्बिर : कमल खत्री / रासस
धनकुटाको हिले-पाख्रीबास सडक खण्ड अन्तर्गत पाख्रीबास बजार क्षेत्रमा सडकको क्षेउमा पार्किंग गरिएका ट्रिपरहरुले गर्दा सडकमा जाम हुंदा देखिएको दृश्य तस्बीर : धनकुटा खबर