जिल्लाको व्यास नगरपालिकाका महिला उद्यमीहरुले मकैको खोस्टाबाट बनाएका आकर्षक झोला र टोपी । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३४औँ स्थापना दिवसको अवसरमा बुधबार महिला उद्यमी समिति तनहुँले आयोजना गरेको
सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्याउने १९१÷४ (डब्लुपी–१८) नंको सानो सीमास्तम्भ । सुनसरीमा नेपाल–भारत सीमा छुट्ट्याउने ३१ वटा मुख्य (जङ्गे), १४२ वटा सहायक, ११५ वटा सानो र दुईवटा रेफरेन्स सीमास्तम्भ रहेकामा
बागलुङको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना । आन्तरिक पर्यटककालागि झरना आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर: तारानाथ आचार्य/रासस
म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ देखि पर्यटकीय स्थल टोड्के जोड्ने स्तरोन्नतिको क्रममा रहेको सडक र सँगै रहेको पैदलमार्ग । रघुगङ्गा गाउँपालिकाले झिँ देखि टोड्के जोड्ने सडक र पैदलमार्ग निर्माण गरिरहेको छ
धनकुटाको पाख्रिबास नगरपालिका तिल्केबाट देखिएको सूर्यास्तको दृश्य तस्बीर :धनकुटा खबर
नुवाकोटको लिखु गाउँपालिकामा अवस्थित थानसिङ फाँटमा किसानले लागिएको चैते धान खेती । अहिले खेतहरुमा झुल्न र पाक्ने बेला भएको धानको बालाले मनमोहक देखिएको छ । तस्बिर ः हरिराम भेटुवाल/रासस
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित संसारीमाई मन्दिर दुलहीझैँ शृगारिएको अवस्थामा । जेठ २६ गते संसारीमाईको महापूजा हुने भएको छ । तस्बिर ः सञ्जीतकुमार मण्डल /रासस
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज । यहाँ उत्पादित हाते कागज काठमाण्डौँलगायतका शहरमा निर्यात हुँदै आएको छ। तस्बिरः सन्तोष पुर्कुटी / रासस
हावाहुरीले क्षति पु¥याएको भोजपुरको अरुण नदी किनारबाट निकालिएको लिफ्टिङ खानेपानी आयोजनामा जडान गरिएको सोलार प्यानल । तस्बिर ः युवराज विष्ट/रासस
व्यास नगरपालिका–५ ढोडेनीमा कल्पना गौलीले जग्गा भाँडामा लिएर व्यावसायिक रुपमा गर्नुभएको ड्रागन फ्रुट खेती । गत वर्ष करिब नौ रोपनी क्षेत्रफलमा दुई हजार १०० ड्रागनका बिरुवा भारतको हैदराबादबाट ल्याएर लगाएको