नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिको ‘चक्रव्यूह’

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई कविका रूपमा आजको पुस्ताले कमैमात्र चिन्छ । तर, उनको साहित्ययात्रा कविता विधाबाटै भएको थियो ।

निबन्ध, नियात्रा, यात्रा, संस्मरण, समालोचना र भाषा–संस्कृति सम्बन्धी ११ वटा पुस्तक प्रकाशित गरिसकेका उनको बाह्रौँ कृतिका रूपमा ‘चक्रव्यूह’ नामक कविताकृति बजारमा आएको छ ।

तेह्रथुमको आठराईमा विद्यालयको छात्र हुँदैखेरि वि.सं. २०१६ सालतिर १२ वर्षको उमेरमै ‘वसन्त’ शीर्षको कविता लेखेर काव्ययात्राको आरम्भ गरेका उप्रेतीका कविता बीसको दशकमै ‘रूपरेखा’, ‘दियालो’, ‘मधुपर्क’, तुवाँलो’, झिसमिसे’, ‘सङ्कल्प’ आदिमा प्रकाशित भएका पाइन्छन् ।

उनका कविता मेचीवारि मात्रै होइन पारिसमेत लोकप्रिय थिए । तर, बीसको दशकको अन्तिम र तीसको दशकको शुरुका दिनमा राजनीतिक कारणले निर्वासनमा रहन बाध्य उनले कविताकर्मलाई पातलोरूपमै भए पनि निरन्तरता भने दिइरहेकै थिए । सो कुराको साक्ष्य उनका कविताहरू नै बनेका छन् ।

‘चक्रव्यूह’भित्र बीसको दशकदेखि वि.सं. २०४६ र २०६३–२०६३ का साथै महाभूकम्पसम्मको समयावधिमा रचिएका विविध स्वादका २७ वटा कविताहरू समाविष्ट छन् । सङ्ग्रह पढ्दा उप्रेतीलाई एक अब्बल कविको छविमा पाउन सकिन्छ । सङ्ग्रह अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनले छापेको हो ।

यसअघि उप्रेतीका स्मृतिका छालमा इटाली (यात्रा संस्मरण, वि.सं. २०४४), दृष्टिकोणका विविध बिसाउनी (समालोचना, वि.सं. २०४६), व्यक्ति, कृति र प्रवृत्ति (समालोचना, वि.सं. २०५८), तिब्बतमा दश दिन (नियात्रा, वि.सं. २०६४), नामको खोल (निबन्ध, वि.सं. २०६५), भाषा र संस्कृति (लेख सङ्ग्रह, वि.सं. २०६५), देश देशान्तर (नियात्रा, वि.सं. २०६८), स्मृतिमा फुलेका बहुरङ्गी पूmलहरू (संस्मरण, वि.सं. २०६९) र समालोचना विविध (समालोचना, वि.सं. २०७१) लगायत दुई भाषा शिक्षणका पुस्तकहरू प्रकाशित छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।