अमेरिकाको नर्थ क्यरोलाइनामा शताव्दी पुरुष सत्य मोहन जोशीसंग अन्तरक्रिया र कवि गोष्ठी सम्पन्न

९केरी, नर्थ क्यारोलाइना र नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले विगत ५ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको मासिक साहित्यिक कार्यक्रमको पछिल्लो संस्करण गत आइतवार नर्थ क्यारोलाइनाको केरी शहरमा सम्पन्न गरेको छ। नेपाली संस्कृतिका धरोहर सत्य मोहन जोशीबारे विशेष प्रस्तुति रहेको उक्त कार्यक्रममा समाजका अध्यक्ष मनोज प्रधानले जोशी सम्बन्धी अनुसन्धान संकलन प्रस्तुत गर्नुभएको थियो भने अन्य सहभागीहरुले जोशीका अन्य पाटाबारे आफ्नो जानकारी प्रस्तुत गरेका थिए। हाम्रो लोक संस्कृति ९२०१३०, नेपाली राष्ट्रिय मुद्राु ९२०१७० र ुकर्णाली लोक संस्कृति ९२०२८० नामक ग्रन्थहरुका लागि तीन पटक मदन पुरस्कार जित्न सफल शताब्दी पुरुष सत्य मोहन जोशीले नेपाली संस्कृति तथा साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएको छ। जागिरे जीवनको सिलसिलामा देशविदेशका विभिन्न ठाउँ र क्षेत्रमा संलग्न रहेता पनि वहाँ सदैव नेपाली लोक संस्कृति, पुरातात्विक सम्पदा र सांस्कृतिक धरोहरको अनुसन्धान तथा संरक्षणमा अनवरत रुपमा लागिरहनु भएको निष्कर्ष प्रस्तुत गर्दै अध्यक्ष प्रधानले जोशीको जीवनबाट हामीले धेरै कुरा सिक्न सकिने राय व्यक्त गर्नुभयो। कार्यक्रममा समाजका सल्लाहकारद्वय डा। हरिहर भट्टराई र ईश्वर देवकोटाले संस्कृतिविद् जोशीसँगको आ(आफ्नो व्यक्तिगत एवं कार्यगत अनुभव बाड्नु भएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा कविहरु क्रमशः लेखनाथ दुलाल, ऋषि बस्ताकोटी, सुजाता ढुंगेल, शिशिर खनाल, बिक्रम गौतम, इश्वर देवकोटा, मनोज प्रधान, दिपेन्द्र अर्याल, सुवास ढकाल, निर्मला राजभण्डारी र नम्रता गुरागाईंले आ-आफना कविताहरु सुनाउनु भएको थियो । कविता वाचनपछि सहभागीहरुले फोनमार्फत् काठमाडौँ रहनुभएका ९८ बर्षीय शताव्दी पुरुष सत्य मोहन जोशीसंग प्रत्यक्ष कुराकानी गरेका थिए। कुराकानीको क्रममा जोशीले आफ्नो दिनचर्याबारे जानकारी गराउनुका साथै सहभागीहरुका अन्य जिज्ञासा मेट्नुभएको थियो। छलफलका क्रममा उहाले आफुले संकलन गर्नुभएको लोकगीत “गाइ पाल्यो रेलिमइ वनको बाघलाइ, छोरा पाल्यो रेलिमइ जर्मनको धावालाइू, ूनकराउ वनको न्याउली तिमीभन्दा म छु नी वैरागीू, के खायो के लायो होला वनको जुरेली चरीले आफ्नै स्वरमा सुनाउनुभएको थियो । वहांले यिनै लोकगीतले मन छोएर आफुले लोकगीत संकलन गरेको र पछि जागिरे जीवनबाट साहित्यतिर लागेको स्मरण सुनाउनुभएको थियो । साहित्य सिर्जना र सांस्कृतिक अन्वषणका क्रममा देश विदेशका अनुभवहरु सुनाउंदै उहाले उमेरले भन्दा पनि दृष्टिकोण र लगनशीलताले मानिसलाई परिणाममुखी बनाउने बताउनुभएको थियो।

प्रवासमा रहेका नेपालीले नेपाली संस्कृति र साहित्यको सम्वर्धनमा के गर्न सकिन्छ भन्ने प्रश्नको जवाफमा जोशीले भन्नुभयो, नेपालीले सँधै बाहिरको मात्र लिन जान्यो, तर आफुले दिन जानेन। स्तरीय अनुवादको अभावमा नेपाली साहित्यले बाहिरको जगत्लाई सम्प्रेषण गर्न सकेको छैन। त्यसैले प्रवासमा रहेका नेपालीले नेपाली साहित्यको अनुवादमा जोड दिनुपर्छ र नेपाली सांस्कृतिक छटा संलग्न गरेर अन्य भाषामा साहित्य सिर्जना गर्नुपर्छ तबमात्र विश्वले नेपाली संस्कृतिको बारेमा जानकारी पाउँछ।ू त्यस्तै विदेशमा रहेका नेपालीले आफ्ना छोराछोरीलाई नेपाली साहित्य र संस्कृतिको बारेमा जानकारी गराएर थप प्रेरणा प्रदान गर्नुपर्ने बताउनु भयो। जीवनको ९७ औं खुट्किलो पार गरिसक्नु भएका जोशीको लोभलाग्दो सक्रियता सहभागीहरुले सहजै महशुस गरेका थिए। मनोज प्रधान, ऋषि बस्ताकोटी, निर्मला राजभण्डारी, हरिहर भट्टराई, शुषमा प्रधान, इश्वर देवकोटा लगायतले उहासंग साहित्य, संस्कृति र व्यक्तिगत जीवनका विविध पाटाबारे विविध जिज्ञाशा राख्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा संस्थाका सल्लाहकार इश्वर देवकोटाले शताव्दी पुरुष सत्य मोहन जोशीलाइ समय र प्रेरक कुराकानीको लागि धन्यवाद दिंदै नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको तर्फबाट सुस्वास्थ्य र दीर्घाजीवनको कामना गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।