पूर्ण सरसफाई गाबिस घोषणाको लागि अनुगमन, निमार्ण कार्य तिब्र
धनकुटा खबर / तेह्रथुम, २७ फागुन । तेह्रथुम जिल्लाको छथर हमरजुङ गाबिसलाई पुर्ण सरसफाई गाबिस घोषणाको लागी अनुगमन तथा निमार्ण कार्य तिब्र रुपमा भई रहेको छ ।
गाबिसमा रहेको ९ वटै वडाहरुमा निमार्ण भएको सुधारिएको चुला, चर्पीको प्रयोग खानेपानीको अबश्था,सरसफाई व्यबस्थापनमा स्थानियहरुको भुमिका लगायतको कार्यमा गाबिस स्तरीय सरसफाई तथा स्वच्छता समितीले तिब्र रुपमा अनुगन गरी रहेको देउराली सोसाईटी तेह्रथुमका सामाजिक परिचालक शमिर लिम्बुले बताउनु भयो ।
गाबिसलाई पुर्ण सरसफाई युक्त गाबिस घोषणका लागी बिभीन्न समितीहरु निमार्ण गरी प्रबाभकारी बनाउको लागी तिब्रता दिईएको सोसाईटीका सामाजिक परिचालक आशा तुम्बाहाम्फेले बताउनु भयो ।
जनचेतना बिकास सँगै स्थानीहरुलाई अभीयानमा सकृय बनाउका लागी प्रचार प्रसार सँगै बिभीन्न बस्तीहरुमा स्थलगत अनुमनका साथै सल्लाह र परामर्श कार्यलाई पनि तिब्र रुपमा भई रहेको गाबिस सचिब सुरेन्द्र खड्काले बताउनु भयो ।
कार्यक्रम देउराली सोसाईटीको सहयोग तथा हमरजुङ गाबिसको समन्वयमा भई रहेको छ ।


