कञ्चनपुरमा भारतिय एसएसबी र नेपालकाे सशस्त्र प्रहरीबिच गाेली हानाहान : शुक्रबारपनि कञ्चनपुर तनावग्रस्त

कन्चनपुर, कन्चनपुरको पुनर्वास क्षेत्रमा शुक्रबार भारतिय सिमा शुरक्षा बल एसएसवी र नेपालकाे सशस्त्र प्रहरीबिच गाेली हानाहान भएकाे छ ।

बिहीबार निर्दाेष नेपालीमाथी गाेली हानी हत्या गरेकाे बिराेधमा स्थानीयहरूले भारतिय सिमा सुरक्षा बल (एसएसबी)बिरूद्ध चर्काे नाराबाजी र प्रर्दशन थालेपछि भारतिय पक्षले सात राउन्ड हवाइ फायर गर्दै नेपालीलार्इ तर्साउन थालेपछि सिमा सुरक्षामा खटिएका नेपालका सशस्त्र प्रहरीलेपनि जवाफमा हवाइ फायरीङ गरेकाे स्थानीयबासीहरूले बताएका छन ।

शुक्रबार बिहानैदेखी सीमाक्षेत्रमा जम्मा भएका सयाै नेपालीहरूले भारतिय एसएसबी बिरूद्ध प्रदर्शन गर्नथालेपछि स्थिती तनावग्रस्त बनेकाे थियाे ।एसएसबिले नेपालीलाृइ लक्षित गरी सिमा क्षेत्रमा हवार्इ फायर गरेपछि जवाफमा नेपालका सशस्त्र प्रहरी बललेपनि हवार्इ फायर गरेकाे प्रत्यक्षदर्शी स्थानीयहरूले बताएका छन ।

बिराेधकै क्रममा शुक्रबार बिहान झडप समेत भएकाे थियाे झडपमा अाधादर्जन नेपालीहर घाइते भएका छन । पटक पटककाे झडपले कञ्चनपुरकाे पुनर्वास क्षेत्र अहिले पनि तनावग्रस्त बनेकाे छ । थप मानविय क्षती हुन नदिन साे क्षेत्रमा बाक्लाे रूपमा शुरक्षाकर्मीहरू परिचालन गरिएकाे छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।