कञ्चनपुर घटनाको विरोधमा बिराटनगरमा यसरी जलाइयो मोदीको पुत्ला

विराटनगर, २८ फागुन। मोरङको विराटनगरमा कञ्चनपुर घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । युवा विद्यार्थीले विराटनगरको जनआन्दोलन चौकमा शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका थिए । भारतीय सुरक्षा बलले सिमामा नेपालीको हत्या गरेको विरोधमा विद्यार्थीले आक्रोस पोख्दै मोदीको पुत्ला जलाएका हुन ।

कञ्चनपुरमा नेपालीलाई गोली हानी हत्या गरेको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोदीको पुत्ला जलाएको एमाले युवा नेता वासिम आलमले आफ्नो फेसबुकमा तस्बिर पोस्ट गरेका छन् । घटनाको विरोधमा बिराटनगर लगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन पनि भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖