बेलिब्रिज जीर्ण हुँदा जोखिम मोलेर आवतजावत गर्न बाध्य

रुकुम, २९ फागुन । एघार वर्ष पहिले निर्माण गरिएको मुसिकोट नगरपालिका–५ सोलावाङ र बैरागीठाँटीबीच खोलामा रहेको बेलिब्रिज जीर्ण बन्दै गएको छ ।

विसं २०६२ मा नेपाली सेनाले निर्माण गरेको उक्त बेलिब्रिज लामो समयसम्म पनि मर्मत नहुँदा जीर्ण बन्दै गएको हो । अहिले जीर्ण बेलिब्रिजमा जोखिम मोलेर यातायातका साधन आवतजावत गर्न बाध्य छन् ।

दैनिक सयभन्दा बढी साना, ठूला सवारीसाधन ओहोरदोहोर गर्ने यस बेलिब्रिजको सतहमा रहेका फलामका अधिकांश पाता उक्किएका छन् भने बाँकी रहेका पाता पनि खिया लागेर टुक्रिन थालेका छन् ।

स्थानीयवासीको आग्रहपछि नेपाली सेनाले पुल निर्माण गरिदिएको थियो । त्यसपछि मर्मतका लागि कुनै पहल नभएपछि जीर्ण बनेको स्थानीयवासीको भनाइ छ । बेलिब्रिजको अवस्थाबारे जिल्लाका सबै सरोकारवाला निकायलाई जानकारी भए पनि मर्मतमा कसैले चासो नदिएको स्थानीयवासी विनोद ओलीले बताउनुभयो ।

मर्मत गर्ने जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय चौरजहारीले पनि ध्यान नदिएको उहाँको भनाइ छ । ब्रिज जीर्ण बनेकै कारण दैनिकजसो सानातिना दुर्घटना हुन थालेको उहाँले बताउनुभयो । तत्काल मर्मत नगर्ने हो भने ठूलो दुर्घटना हुन सक्छ ओलीको भनाइ छ । तर कार्यालयका इन्जिनियर नवीनकुमार शाहले बेलिब्रिज मर्मतका लागि रु ३७ लाख बराबरको टेन्डर आह्वान भइसकेको जानकारी दिनुभयो ।

मर्मतका लागि टेन्डर आह्वान भएकाले चैतको अन्तिम साताबाट मर्मतको काम सुरु हुने इन्जिनियर शाहले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।