विराटनगर जाँदै गरेको यात्रु बसका चालकले हाम फालेपछि…

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आइतबार बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना७ख २१२१ नंको बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पुगेपछि हाम फाल्ने क्रममा बस चालक मोरङको विराटनगर उपमहानगरपालिका–११ निवासी ५० वर्षीय राजन श्रेष्ठको बसको चक्कामुनि परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ५ बजेतिर काठमाडौँबाट विराटनगर आउँदै गरेको उक्त बस अनियन्त्रित भई सडकबाट तल खस्दा हाम फाल्ने क्रममा चक्काले किचेर बस चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र बसमा सवार अन्य यात्रु भने सकुशल रहेको इलाका प्रहरी कार्यालय, मिर्चौयाले जनाएको छ।

यसैगरी सिराहा नगरपालिका–७ स्थित सडकमा ज६प ९३०८ नंको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सिरहाको मिर्चैया नगरपालिका–४ निवासी २५ वर्षीया सरितादेवी साहको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।