डम्पिङ साइड नहुँदा…

धनकुटा खबर / तेह्रथुम, ३० फागुन । तेह्रथुम जिल्लाको पश्चीमि गाबिसहरुको मुख्य ब्यापारीक केन्द्रको रुपमा रहेको छथर शुक्रबारे बजारमा डम्पिङ साईड नहुँदा फोहोर ब्यवस्थापनमा समस्या बन्दै आएको छ ।

बढ्दौ बजारीकरण सँगै सवारी साधानहरुको चाप बढे सँगै बजार क्षेत्रमा फोहोर ब्याबश्थापनका लागी उचित डम्पिङ साईड नहुँदा दिन प्रतिदिन फोहोर ब्याबश्थापनमा समस्या बन्दै गएको सुक्रबारे बजार ब्याबश्थापन समितीका अध्यक्ष नारायण सुब्बाले बताउनु भयो ।

करीब ४ सय घर रहेको बजार क्षेत्रमा फोहोर ब्याबश्थापनका लागी डम्पिङ साईडको लागी जग्गा नहुँदा यहाँको समस्या दिनप्रतिदिन चुलिन्दै गएको छ । डम्पिङ साईड निमार्णका लागी जग्गा खोजीको कार्य तिब्र रुपमा भई रहेको अध्यक्ष सुब्बाले बताउनु भयो ।

छथर क्षेत्रको ६ वटा गाबिसहरुको केन्द्रको साथै मुख्य ब्यापारी केन्द्रको रुपमा बिकास हुँदै गरेको यस बजारमा फोहोर ब्याबश्थपनका लागी डम्पिङ साईड नहँुदा प्रदुषणको चाप बढ्दै गएको छ । बजारको बिकास सँगै फोहोरको चाप बढे पनि फोहोर ब्याबश्थापनका लागी यहाँका स्थानीहरुले खासै चासो देखाएको पाईन्दैन ।

भर्खरै स्थानीय निकाय रुपमा छथर गाँउपालिकाको केन्द्र बनाईएको यस बजार क्षेत्रमा दिनप्रतिदिन सरकार तथा निजी स्तरका कार्यलयहरु स्थापना हुने कार्य तिब्र रुपमा भई रहेको छन । यसरी बढ्दो बजारलाई ब्याबश्थापनका लागी डम्पिङ साईड निमार्णका लागी यहाँका सरोकारवाला बगहर्रुको ध्यान जान जरुरी रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।