हराएको ६ तोला सुन र ११ तोला चाँदीको गहना फिर्ता

काठमाडौँ, १ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले छ तोला सुन र ११ तोला चाँदीको गहना सम्बन्धित धनीलाई बुझाएको छ ।

गत फागुन १ गते काठमाडौँको सोल्टीदोबाटोबाट कीर्तिपुर जाने क्रममा नम्बर नखुलेको कारमा अमिरा खड्काको सुनका गरगहनासहितको झोला छुटेकोमा महाशाखाले पत्ता लगाई आज सम्बन्धित धनीलाई बुझाएको हो ।

यस्तै महाशाखाले आजै विभिन्न समयमा विभिन्न ठाँउबाट हराएका नौवटा मोटरसाइकल फेला पारी सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ । महाशाखाले उज्वल शिल्पकार, दुर्गाबहादुर घले, कृष्णप्रसाद अधिकारी, सञ्जित मानन्धर, सञ्जोग केसी, राजकुमार चौधरी, गुम्बा भुजेल, रविन खत्री र पासाङकिर्पा शेर्पाको मोटरसाइकल फिर्ता गरेको हो ।

हराएको सामान बुझाउँदै महाशाखा प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले आफ्नो सामानको सुरक्षा आफै गर्न आग्रह गर्नुभयो । उहाँले मोटरसाइकल एकान्त स्थानमा पार्किङ नगर्ने, रातको समयमा तोकिएको उज्यालो स्थानमा मात्र पार्किङ गर्न तथा अस्पताल क्षेत्रमा पार्किङ गर्दा विशेष सुरक्षा अपनाउन आग्रह समेत गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।