एनसेललाई कर छुट गर्न नहुने माग गर्दै धर्ना, एनसेलको सिमकार्ड जलाउने चेतावनी (भिडियो सहित)

काठमाडौँ, ६ चैत । नागरिक अधिकार अभियानले एनसेललाई रु ३३ अर्ब कर छुट गर्न नहुने माग गर्दै आज भद्रकालीमा धर्ना दिएको छ ।

विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा साँझ भएको सो कार्यक्रममा देशको अर्थतन्त्रमा ठगी गर्नेलाई कारबाहीको माग गरिएको छ । साँझ ४ देखि ५ बजेसम्म धर्ना दिइएको हो ।

उक्त कार्यक्रममा ‘कर नतिर्ने नतिराउनेलाई बहिस्कार गरौँ’, ‘गरिब नेपालीको पैसामा लाग्ने कर नेपालीले पाउनुपर्छ’, ‘महँगो रेट नेपालीको ढाड भाँच्ने खेल’, ‘हामी निर्णय मान्दैनौँ एनसेल जान्दैनाँै’ लगायत सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले कुनै पनि उद्योगीले व्यवसाय सञ्चालन गरेर नाफा आर्जन गरेपछि राज्यले निर्धारण गरेको कर तिर्ने दायित्व हुनेहुँदा एनसेललाई कर मिनाह गर्न नहुने बताउनुभयो ।

अभियन्ता ध्रुव रिजालले नेपाली जनताको सामाजिक विकासमा उपयोग हुने कर सबैले तिर्नुपर्नेमा जोड दिनुभयो । स्वीडेनको टेलिया सोनेरा कम्पनीले एनसेलको कारोबार मलेसियाको एजिआटालाई बिक्री गर्दा हुने नाफाको कर (पुँजीगत लाभकर) सरकारलाई बुझाउन बाँकी छ । रासस
===
एनसेलको सिमकार्ड जलाउने चेतावनी – नेपाल आजको यो भिडियो हेर्नुहोस्  



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।