एकै मन्त्रालय अन्तरगत मालपोत आयो, नापी आएन

धनकुटा खबर / चैत्र, ७ तेह्रथुम । स्थानीय तह पुनसंरचना कार्यान्वयन गर्ने अख्तियारी पाए लगतै तेह्रथुमको आठराई गाउँपालिकाको कार्यालय संक्रान्तिबजारमा स्थापना भयो । संक्रान्तिबजार मै नापी कार्यालय स्थापना गर्नेे अख्तियारी पाएको पाँच महिना विति सक्दा पनि अभैm नापी कार्यालय स्थापना भएको छैन् ।

भूमिसुधार तथा व्यावस्था मन्त्रालय अन्र्तगतको नापी कार्यालय सँगै अख्तियारी पाएको मालपोल कार्यालयले गत पुस २० गतेदेखि कार्यालय स्थापना गरी सेवा ग्राहीलाई सेवा दिन थालेको छ । दुवै कार्यालयले गत कात्र्तिक महिनामा आठराई गाउँपालिकाको केन्द्र साविक संक्रान्तिबजार वडा नं. ६ मा कार्यालय स्थापना गर्ने अख्तियारी पाएका थिए ।

मालपोत कार्यालय स्थापना हुदाँ निकै हर्षित बनेका आठराई बासी लामो समय सम्म नापी कार्यालय स्थापना नहुदाँ समस्यामा परेका छन् । मालपोत र नापी कार्यालयमा सँगसँगै काम गराउनु प¥र्ने सेवा ग्राहीले, मालपोल सँग आठराईमा सेवा लिएर ६८ किलोमिटर कच्चि बाटोको यात्रा गरेर सदरमुकाम म्याङलुङमा रहेको नापी कार्यालयमा सेवा लिन आठराई बासी बाध्य भएका छन् ।

नापी कार्यालय आठराईका लागि खटिएका कार्यालय प्रमुख मिथलेस यादवका अनुसार संक्रान्तिबजारमा कार्यालय स्थापना हुने तर कहिले भन्ने बारेमा आफु नै अन्योल भएको बताएका छन् । सदरमुकाम म्याङलुङमा रहेको नापी कार्यालयमा आठराई क्षेत्रको लागी अहिले आवश्यक कागज, पत्र र फायलहरु मिलाउने काम भइरहेको छ, आठराईमा कार्यालय स्थापना हुन प्राविधिक समस्याले अझै समय लाग्ने सक्ने यादवको भनाइ रहेको छ ।

संक्रान्तिबजारमा कार्यालय स्थापना गर्न माघ महिना मै नापी कार्यालयले घरभाडा सम्भैmता गरेको थियो । सक्रान्तिबजारमा नापी कार्यालय स्थापना भए पछि आठराई गाउँपालिकाको ७ ओटा वडा साविक सक्रान्तिबजार, खाम्लालुङ, ह्वाकू, ईवा, छातेढुङ्गा, चुहानडाँडा र थोक्लुङ र फेदाव गाउँपालिकाको २ ओटा वडा साविक सम्दु र ईसिवु गाविसका सेवा ग्राहीले सेवा लिन पाउने छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।