एमालेले तोक्यो गाउँ र नगरपालिकाको संयोजक

त्रिशूली (नुवाकोट), ९ चैत । नेकपा (एमाले)ले जिल्लामा परिवर्तित स्थानीय तहको संरचना अनुसार आफ्नो सङ्गठनलाई विस्तार गरेको छ ।

साबिकको क्षेत्रीय, इलाका, गाउँ र नगर कमिटीलाई नयाँ स्थानीय तहको संरचनाअनुसार रूपान्तरण गर्ने गरी एमालेले जिल्ला मातहतका सबै कमिटी पुनर्गठन गर्ने अभियान अघि बढाएको हो ।

स्थानीय तहअनुसार जिल्लाका १२ वटा स्थानीय तहमा इन्चार्ज र संयोजकहरु तोकेर एमालेले आज अभियान थालेको हो ।

शिवपुर गाउँपालिकाको संयोजकमा उज्वल खड्का, सहसंयोजकमा श्याम लामा, ककनी गाउँपालिकाको संयोजकमा जितबहादुर बलामी, सहसंयोजकमा सानुमाया तामाङ, तारकेश्वर गाउँपालिकाको संयोजकमा चुडामणि गजुरेल र सहसंयोजकमा दुर्गा बस्ती, मेघाङ गाउँपालिकाको संयोजकमा उद्धव सापकोटा, सहसंयोजकमा विन्दुमाया तामाङ, किस्पाङ गाउँपालिकाको संयोजकमा छत्र लामा, सूर्यगढी गाउँपालिकाको संयोजकमा विन्दा ढुङ्गाना, सहसंयोजकमा घकुमार लामा, तादी गाउँपालिकाको संयोजकमा विजय खनाल, सहसंयोजकमा शिवराम दाहाललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, दुप्चेश्वर गाउँपालिकाको संयोजकमा सुरज शेर्पा, पञ्चकन्या गाउँपालिकाको संयोजकमा अर्जुन कार्की, सहसंयोजकमा विन्दा विक, लिखु गाउँपालिकाको संयोजकमा प्रदिपप्रसाद पाठक, सहसंयोजकमा भोलाप्रसाद पाठक, बेलकोटगढी नगरपालिकाको संयोजकमा सुदर्शन नेपाल, सहसंयोजकमा माधव पाण्डे, विदुर नगरपालिकाको संयोजकमा शरणउत्सुक सापकोटा र सहसंयोजकमा नारायण घिमिरेलाई जिम्मेवारी दिइएको एमाले नुवाकोटका प्रचार विभाग संयोजक वासुदेव कँडुवालले बताउनुभयो ।

एमालेले गाउँपालिका तथा नगरपालिकाको कामलाई प्रभावकारी रुपमा अघि बढाउन इन्चार्ज र सहइन्चार्जसमेत तोकिएको जिल्ला अध्यक्ष नारायण खतिवडाले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖