अप्रिल २ तारिख ‘विश्व अटिजम जनचेतना दिवस’: के हो अटिजम ? यसबारे जनचेतना आवश्यक

काठमाडौँ, १९ चैत । आफ्ना बालबालिकाको शारिरीक र मानसिक विकास राम्ररी नभएको तथ्य धेरै अभिभावकले समयमै बुझ्न नसक्दा अटिजम रोगपीडितले भने जस्तो स्याहार पाउन सकेका छैनन् ।

साधारण बच्चाभन्दा अटिजम भएका बालबालिकालाई अलि फरक तरिकाले व्यवहार गर्नुपर्ने भए पनि यो रोगबारे धेरै अभिभावक अनभिज्ञ हुँदा उनीहरुलाई उपचार वा अन्य थेरापीमा ल्याउन सकेका छैनन् ।

बच्चामा बुझ्न, सीप सिक्न र प्रयोग गर्न कठिनाइ र दोहो¥याएर गर्ने व्यावहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नभएमा उनीहरुलाई अटिजम भएको हुनसक्छ ।

अटिजम भएका बच्चाका अभिभावकद्वारा स्थापित अटिजम केयर नेपाल समाजका अध्यक्ष डा सुनिता मलेकु अमात्य अटिजम विकासात्मक अपाङ्गता भएको र यसको कुनै मेडिकल उपचार नभएकाले विशेष थेरापी नै उपचार विधि भएको बताउनुहुन्छ ।

अटिजम मानसिक र बौद्धिक अपाङ्गता नभए पनि ४० प्रतिशत अटिजम भएका व्यक्तिमा बौद्धिक कमजोरी भने देखिएको उहाँको भनाइ छ ।

तर उनीहरुलाई दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यकता भएको चिकित्सकको सुझाव छ ।

डा अमात्य भन्नुहुन्छ – “अटिजम रोगीहरु सामाजिक रुपमा सामान्य जीवन बिताउन सक्दैनन् । उनीहरुलाई विशेषखालको स्याहार र व्यवहारको खाँचो पर्दछ ।”

अजिटम केयर नेपाल समाज यस्तै समस्या भएका बालबालिकाका अभिभावकद्वारा सञ्चालित एक क्रियाशील संस्था हो । यसले नेपालमा अटिजम भएका व्यक्ति र उनका अभिभावकलाई यसबारेका तालिम, थेरापीबारे ज्ञान र जानकारी प्रदान गर्दै आएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले अटिजम जस्तै अन्य मनोसामाजिक समस्या भएका बिरामी अझै पनि पहिचान भई उपचारमा आउन नसक्नुमा सरकारको ध्यान नपुग्नु कारण भएको बताउनुभयो ।

उहाँले अटिजमबाट प्रभावित भएको व्यक्तिहरुको सर्वे गरी कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थामा महिनामा ६० देखि ८० जनासम्म बालिबालिका थेरापीका लागि आउने गरेको अध्यक्ष डा अमात्यले बताउनुभयो ।

हालसम्म अटिजम रोकथामका लागि कुनै ठोस विधि पत्ता लागेको छैन । अटिजमको कुनै निदान नभए पनि सही थेरापीद्वारा उनीहरुको अवस्थामा धेरै सुधार ल्याउन सकिन्छ ।

सेन्टर फर डिजिज कन्ट्रोल ९सिडिसी०को तथ्याङ्कअनुसार विश्वमा जन्मिने हरेक ६८ जनामध्ये एकजना अटिजमबाट ग्रसित हुन्छन् । अटिजमको कुनै आधिकारिक तथ्याङ्क नभए पनि नेपालमा सबै उमेर समूहका गरी तीन लाख अटिजम भएका व्यक्ति हुनसक्ने अध्यक्ष डा अमात्य अनुमान गर्नुहुन्छ ।
यसै वषैदेखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा राष्ट्रिय मानसिक स्वास्थ्य सर्भेक्षण गर्दैछ । यो सर्भेक्षणमा अटिजम पनि समेटिने छ ।

संयुक्त राष्ट्र सङ्घले सन् २००८ अप्रिल २ तारिखलाई ‘विश्व अटिजम जनचेतना दिवस’का रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै संस्थाले सचेतना दिवस मनाउने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।