कृष्ण धराबासीको नयाँ कृति लीलाबोधको लोकार्पण तथा परिचर्चा सम्पन्न

धनकुटा खबर । काठमाण्डौ, चैत्र २३ । आज काठमान्डौमा एक कार्यक्रमबीच मदन पुरुस्कार विजेता लेखक कृष्ण धराबासीद्धारा लिखित पुस्तक लीलाबोध को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइला, प्रोफेसर सजींब उप्रेती तथा लेखक कृष्ण धराबासीले संयूक्त रुपमा लोकार्पण गरे ।
लोकार्पण कार्यक्रममा बोल्दै प्रोफेसर उप्रेतीले लीलामा उत्तर आधुनिकवादका धेरै कुराहरु भय पनि यो अलि फरक र यसमा पूर्विय दर्शनको सयाेंजन भएको कुरा बताए । त्यसैगरी बैरागी काइला ले लीलाको शुरुवात इन्द्र बहादुर राइले गर्नुभएको र नेपाली साहित्यमा यसको बेग्लै स्थान भएको कुरा बताए । यसका साथै यसको राजनीतिमा पनि प्रभाव रहेको बताए ।
कार्यक्रममा बोल्दै लेखकले लीला लेखनको शुरुवात २०२० मा बैरागी काइलाले सम्पादन गरिएको तेश्रो आयाम बाट शुरु भएको कुरा बताए जसको सम्पादकीय इन्द्र ब राइले लेखेका थिए । अहिलेको आधुनिक बिश्वमा धेरै कुरा मौलीक नभएता पनि लीलालेखनमा नेपाली मौलीकता रहेको कुरा धराबासीले जानकारी दिए ।
यसका साथै लीलाबोध लेखक, साहित्यकार देखि लिएर सर्वसाधारण सबैले जान्न जरुरी भएको कुरा जिकीर गरे । कार्यक्रम सन्चालन बसन्त बस्नेत ले गरेका थिए ।


