अवैध कल बाइपास गर्ने युवती रङ्गेहात पक्राउ

काठमाडौँ, ७ वैशाख । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध रुपमा कल बाइपास गरेको आरोपमा अनुपा खतिवडालाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकास्थित श्रीराम पौडेलका घरमा बसेर अवैध रुपमा कल बाइपास गरिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सो ठाउँबाट ६४ पोर्टको जिएसएम गेटवे डिभाइस, टिपी लिङ्कको राउटर, एचपी कम्पनीको ल्यापटप, कलर्स मोबाइल, आठ जिबीको पेनड्राइभ र सोनी एक्सपेरिया मोबाइल एक एक थान बरामद गरिएको छ ।

अभियुक्त खतिवडालाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद लिई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।