पहिराले पुरिएर एकै परिवारका तीनसहित चार जनाको मृत्यु

कालीकोट, ७ वैशाख । स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–१ साबिक कुमालगाउँ गाविस–९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् ।

घटनामा सान्ने त्रिवेणी–३ की भावना देवकोटा रहेको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । पहिराले चिया पसलमा चिया खान बसेकाहरु र पसल सञ्चालकको मृत्यु भएको हो ।

अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले अहिले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।