गोही आक्रमणमा परेका अर्जुनलाई ४२ हजार सहयोग

रत्ननगर (चितवन), २० वैशाख । चितवन मेडिकल कलेजले गोहीको आक्रमणमा परेका चितवन जगतपुरका अर्जुन हरिजनको उपचारमा रु ४२ हजार सहयोग गरेको छ ।

कलेजका सञ्चालक डा दयाराम लम्सालले उनको उपचारमा लागेको खर्चमध्ये रु ४२ हजार छुट गरेको आज जानकारी दिनुभयो । उहाँले संस्थागत सामाजिक दायित्वअन्तर्गत यसरी सहयोग गरिएको बताउनुभयो ।

अस्पतालका अनुसार उनको उपचारका लागि रु एक लाख ४३ हजार लागेको छ । औषधिमा छुट्टै रु एक लाखभन्दा बढी रकम खर्च भएको परिवारले बताएका छन् । यहाँ झन्डै एक महिनादेखि उनी उपचाररत छन् ।

राससबाट ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार सार्वजनिक भएपछि अहिलेसम्म देश र विदेशमा बस्ने नेपालीबाट करिब रु चार लाख ५० हजार आर्थिक सङ्कलन भएको सहयोगी अभियन्ता विकास पाठकले बताउनुभयो ।

अस्पताल र औषधिमा लागेको खर्चबाट बचेको रकम कोष बनाएर उनको शिक्षादीक्षामा खर्च गरिने उहाँले जानकारी दिनुभयो । उनलाई पुनः लामो समयसम्म जाँच र उपचार गर्नुपर्ने भएकाले जम्मा भएको रकमबाटै खर्च गरिने अर्का सहयोगी कृष्ण शर्माको भनाइ छ ।

गएको चैत २४ गते राप्ती नदीमा नुहाउने क्रममा गोहीको आक्रमणमा परेका अर्जुनको एउटा हात तीन ठाउँमा भाँचिएको छ भने शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको छ ।

अहिले घाउ निको हुन थालेको चितवन मेडिकल कलेजका अर्थाेपेडिक सर्जन आकेश प्रजापतिले जानकारी दिनुभयो । अर्जुनको परिवार सुकुम्बासी भएकाले आर्थिक अवस्था कमजोर छ ।

यस्ता कमजोर आर्थिक अवस्था भएकालाई आफूहरुले सहयोग गरिरहेको कलेजका प्रमुख प्रशासक देवराज लोहनीले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।