प्रम. प्रचण्डको ससुराली नजिकै पेट्रोल बम, प्रहरीले पार्‍यो निष्क्रिय

चितवन, वैशाख २३ – चितवनको भरतपुर महानगरपालिका–१० स्थित स्याउलीबजारमा शनिबार बिहान पेट्रोल बम भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्याउलीबजारस्थित हेमराज पौडेलका घरबाट दुई सय मिटर अगाडि खाली चौरमा बम भेटिएको हो । बम प्रहरीले निष्क्रिय गरेको थापाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट महानगरपालिका प्रमुखको उम्मेद्वार रहेकी रेणु दाहालको मामा पौडेलको घरमा (प्रचण्डको ससुराली घर) रोकिराखिएको बा ११ च ९०३० नम्बरको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

यस्तै चुनाव विरोधी गतिविधि गरेको भन्दै प्रहरीले अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये नौ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।