सीमानाका फेलापर्यो एकैसाथ एक सयभन्दा बढी दुर्लभ निलगाई !

महोत्तरी, वैशाख २३ । महोत्तरी जिल्लाको दक्षिण–पश्चिम सीमानाकामा अवस्थित आधादर्जन गाउँमा एकैसाथ एक सयभन्दा बढी निलगाई फेलापरेको छ ।

स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुकोरुपमा रहेको निलगाई एक सयभन्दा बढीको संख्यामा देखिएका छन् ।

यसअघि कहिले नदेखिएको गाईजस्तो तर नीलोरङका ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँले ती जनावरलाई हेर्नका लागि वनमा ओइरो लागेको इटहर्वाका देवेन्द्र ओझाले बताए ।

एक सयभन्दा बढीको संख्यामा रहेका निलगाई त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलका–हुल गरेर सबै तरकारी खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नस्ट पारिदिने गरेको मनराका रामदिनेश चौधरीले बताए ।

सीमावर्ती क्षेत्रका आधादर्जन गाउँमा फेलापरेका निलगाई वनको सबै बालीनाली नस्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउनका लागि जाने मानिसहरुलाई देख्नेबित्तिक्कै भाग्ने गरेको छ ।

दुई/चार दिनदेखि त्यसक्षेत्रका मनरा, भोलही, पोखरभिन्डा, एकडारा, इटहर्वाकट्टी र सम्सीका ६ ओटै गाउँका वनमा लगाइएको बालीनाली नस्ट पारिरहेको सम्सीका विजय साहले बताए ।

गर्मीयाम आउनेबित्तिकै जिल्लाको माथिल्लो भागमा रहेको वन–जंगलमा डढेलो, चोरी–सिकारीजस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउँछन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖