ठमठमी हिडेर यी ११५ बर्षिया बाटुली पनि मतदान केन्द्र पुगिन भोट हाल्न !

१ सय ५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरे

२० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा जनसहभागिता उत्साहजनक देखिएको छ । निर्वाचन आयोगले नुवाकोटको ककनी मतदान केन्द्रबाट १ सय १५ वर्षिय बाटुली लामिछानेले मत खसालेको बताएको छ । आयोगका अनुसार उनी सबैभन्दा जेठी मतदाता हुन सक्छीन् ।

यस्तै गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १० स्थित चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा १ सय ५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेका छन् ।

निर्वाचन आयोगले ६ हजार ६ सय ४२ मध्ये दुइटा केन्द्रमा मात्रै मतदानमा अबरोध भएको जनाएको छ । आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)ले दोलखाको बिगु र काभ्रेको नमोबुद्धमा मतदान सुरु नभएको जनाएको हो ।

३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचन अन्र्तगत बिहान ७ बजे सुरु भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रहेको आयोगले जनाएको छ । यस्तै निर्वाचनमा हेटौंडा-१७ हटिया, माध्यमिक विद्यालयबाट किरियापुत्री भरत अर्जेलले पनि मतदान गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।