‘प्रचण्ड’को उच्च प्रशंसा र खुलेरै तारिफ गर्दै देउवाले निकाले यस्तो विज्ञप्ति… (बिज्ञप्ति सहित)

काठमाडौं, जेठ १०– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल प्रचण्डको उच्च प्रशंशा गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि देउवाले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीसँग भएको सहमतिअनुसार प्रचण्डले राजीनामा दिएकोमा धन्यवाद दिएका छन् ।

साथै सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने बताएका छन् ।

उनले भनेका छन्, समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।’ देउवाले प्रचण्ड सरकारको १० महिनाको प्रशंसा गरेका छन् । सरकार गठन भएको दश महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढेको र स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न भएको भन्दै उनले भनेका छन्, सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सह्रानीय काम गरेको छ । यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सुचारु भएका हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धी प्राप्त भएको छ ।’देउवाले विज्ञप्तिमा भनेका छन्, यस ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यको उच्च प्रशंशा गर्दै उहाँलाई हार्दिक बधाइ दिन चाहन्छु ।’

बिज्ञप्ति:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।