मोरङको पथरीमा एमालेको ‘आक्रामक’ घरदैलो अभियान, यी हुन् उम्मेदवार

मोरङ, १० जेठ । मोरङको पथरीशनिश्चरे १० स्थित नेकपा एमालेको वडा कमिटीले स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारको प्रसार प्रसार स्वरुप सयौंको संख्यामा सहभागिहरुबाट बुधबार घरदैलो कार्यक्रम गरेको छ

१० नम्बर शाखा कमिटी अध्यक्ष अर्जुन भट्टराईको अगुवाईमा वडाध्यक्ष र सदस्यका उम्मेदवार सहितको कार्यकर्ताको र्यालीले वडा परिक्रमा गरेको हो । एमालेको पक्षमा देशमै जनलहरको आएको भन्दै सूर्य चिन्हमा मतदान गर्न आव्हानका साथ झण्डा, व्यानर र माइकिङ सहितको अभियानमा ५ सय बढीको सहभागिता रहेको छ ।

सूर्य चिन्ह अंकित भेष्टमा उत्रिएका युवाहरुको बाहुल्यता रहेको र्यालीमा ज्येष्ठ नागरिक सहितको उत्साहपूर्ण सहभागिता रहेको थियो । र्यालीमा ९० वर्षका भीमबहादुर कटुवाल सहितका ज्येष्ठ नागरिक समेतको सहभागिताले नाचगान सहितको उल्लासपूर्ण वातारणमा हालसम्मकै बृहत कार्यक्रम भएको छ । सो वडाबाट एमालेले वडा अध्यक्षमा प्रेमबहादुर लिम्बू (प्रेम पोमु), महिला सदस्यमा मैनादेवी फूयाल (आचार्य), दलित महिला सदस्यमा मनकुमारी विश्वकर्मा, खुला सदस्यमा अनोज घिमिरे र ओमनाथ उप्रेतीलाई उम्मेदवार सिफारिस गरेको छ ।

एमालेको १ नम्बर शाखा कमिटीले पनि शाखा अध्यक्ष भीम राईको नेतृत्वमा वडामा घरदैलो गरेको छ । वडाध्यक्षका उम्मेदवार बाबुराम एङदेन, महिला सदस्य रोमान्सी धिमाल, दलित महिला सदस्य इन्दिरा सुन्दास, खुला सदस्य दुर्गाप्रसाद सिटौला र धनप्रसाद सावा सहितका कार्यकर्ताहरु घरदैलोमा सहभागी थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।