नेपालीसेनाले भन्यो,- सेनाको सम्पूर्ण शक्ति लगाएर जिम्मेवारी पुरा गर्छौं !

काठमाडौं, ११ जेठ । काठमाडौँबाट तराई एक घन्टामा पुग्न सकिने ७६.२ किमी दूरीको द्रुतमार्ग सडक आयोजनाको काम नेपाली सेनाबाट चार वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले निर्णय गरेअनुसार आज रक्षा मन्त्रालयमा सो विषयमा बैठकको आयोजना गरियो ।

बैठकमा रक्षामन्त्री बालकृष्ण खाणले सरकारले यो गहन कार्यको जिम्मा ठूलो भरोसा गरेर नेपाली सेनालाई दिएकाले गुणस्तरीय ढङ्गले समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तराई÷मधेसका जनतालाई एक घन्टामा काठमाडौँका जनतासँग नजिक्याउने यो आयोजना पूरा हुँदा सेना र देशकै कार्यकुशलतामा अभिवृद्धि हुने बताउनुभयो ।

साठी वर्ष पहिले बनेको त्रिभुवन राजपथबाट अर्बौं रकम, इन्धन, सवारीसाधन मर्मत र समय गणनाको हिसाबले खर्च भइरहेको हुँदा सबै पक्षबाट यो आयोजना राष्ट्रको हितमा रहेको बैठकमा धारणा राखियो ।

नेपाली सेनाका कार्यबाहक प्रधान सेनापति बलदेवराज महतले सरकारले यो कार्यको जिम्मेवारी दिएकोमा आभार प्रकट गर्दै सेनाको सम्पूर्ण शक्ति लगाएर यो जिम्मेवारी समयभित्रै पूरा गरिने बताउनुभयो ।

यस आयोजनाको प्रत्येक महिना कार्य प्रगति अनुगमन गरी सरकारसमक्ष प्रतिवेदन दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय नीतिगत समन्वय तथा अनुगमन समिति गठन गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।