बारामा विवाहपछि केटी मन नपरेको भन्दै दुलही नलगेपछि…

बारा, जेठ ११ । बारामा विवाहपछि केटी मन नपरेको भन्दै दुलही नलगेपछि दुलहासहित जन्तीलाई गाँउलेहरु घेराउ गरेका छन् । मुस्लिम परम्परा अनुसार गएराति विवाह भए पनि बिहान सबै सामु तीन पटक तलाक अर्थात (मुस्लिम परम्परा अनुसार सम्बन्ध बिच्छेद) गरेर दुलही आफूले नलिने भनेपछि, गाँउलेहरुले दुलहासहित जन्तीलाई मदर्साको कोठामा थुनेर राखेका हुन् ।

दुलही आफूलाई मन नपरेकाले बिहे गरे पनि आफ्नो घर नलैजाने दुलहा रुस्तम आलमले बताउनुभयो । बाराको महागढीमाई नगरपालिका–१० गञ्ज भवानीपुरमा भारतको बिहार राज्य बेतीया, नजिकै रहेको मझौलिया गाँउबाट आएको जन्तीलाई स्थानीय बासिन्दाले घेराउ गरेपछि भद्र भलादमीहरुले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित बिबाहको सम्पूर्ण खर्च वापत २ लाख ७५ हजार रुपैयाँ दिने सहमति गरेको प्रहरी चौकी गञ्ज भवानीपुरले जनाएको छ ।

केटाका अभिभावकले रकम नदिएसम्म केटीपक्षले दुलहा, उनका भाई र २ वटा भारतीय गाडी आफनो कब्जामा नै राख्ने जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।