पूर्व-राष्ट्रपतिकी छोरी ‘अनिता’ चुनाव लड्ने तयारीमा, जनकपुर उपमहानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडौं,१२ जेठ । पूर्व राष्ट्रपति रामवरण यादवकी छोरी अनिता यादव स्थानिय निर्वाचनमा चुनाव लड्ने तयारीमा छिन् । जन्मस्थल धनुषा जिल्लाको जनकपुर उपमहानगरपालीकाको मेयरमा उम्मेदवारी दिने उनले घोषणा गरेकी छिन् ।

यादवकी एकमात्र छोरी अनिता योगा गुरु समेत हुन् । पिता रामवरण यादव आवद्ध पार्टी नेपाली कांग्रेसबाट निर्वाचनमा भाग लिन लागेकी उनले सामाजिक सञ्जाल फेसबुकमा समेत चुनावी प्रचार गर्न थालेकी छिन् ।

विभिन्न पत्रपत्रिकामा राजनीतिक लेख तथा विचार समेत लेख्ने अनितालाई राष्ट्रपति यादवकै जोडबलमा चुनावमा उठाइन लागेको स्रोतको दाबी छ । ‘अनिताको मात्रै होइन उहाँको पिताको पनि छोरीलाई राजनीतिमा ल्याउने रहर छ,’ एक नेताले भने,‘स्थानिय निकाय चुनावको मौका प्रयोग गर्न उहाँको उम्मेदवारी हो ।’आगामी जेड ३१ गते हुने दोस्रो चरणको स्थानिय निर्वाचन अन्तर्गत जनकपुरमा मेयर सहित जनप्रतिनिधिको चुनाव हुँदैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।