राजपालाई चुनाव रोक्ने हतियार बनाउँदै सरकार

काठमाडौं, १२ जेठ । मधेसकेन्द्रित दलहरु मर्ज गरेर बनाइएको राजपालाई देखाएर स्थानीय तहको संख्या थप्दै सरकारले चुनावमा अन्यौल सिर्जना गरिरहेका बेला राजपाले भने चुनाव बिथोल्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

राजपाको शुक्रवार बसेको बैठकले चुनाव बिथोल्न जेठ १८ र १९ गते आम हड्तालको कार्यक्रम राखेको छ । चुनावी प्रक्रिया आरम्भ भइसकेपछि कांग्रेस माओवादी गठबन्धनले निर्वाचन कार्यक्रममाथि नै अन्यौल सिर्जना गर्नेगरी स्थानीय तहको संख्या थपेको थियो । निर्वाचन आयोगले फिल्डमा निर्वाचनका कार्यक्रम अघि बढिरहेका बेला सरकारले थपेका तहमा जेठ ३१ गते चुनाव गर्न नसक्ने जनाइसकेको छ ।

राजपालाई लक्षित गरी बैशाख ३१ गतेको निर्वाचनलाई कांग्रेस माओवादी गठबन्धनले चुनाव हुने वस्तुगत आधार हुँदा हुँदै दुई चरणमा बाँडेको थियो । पहिलो चरणको चुनाव सकिएपछि फेरि राजपालाई देखाउँदै सरकारले स्थानीय तह थप्ने निर्णय गरेको हो ।

शुक्रवार पत्रकार सम्मेलन गरी राजपाले पछि थपिएका स्थानीय तहमा पनि आफूहरु सहमत नभएको जनाएको छ । मधेसी मोर्चामा आवद्ध अर्काे घटक संघीय समाजवादी फोरमले भने अघिल्लो चरणको चुनावमै भाग लिइसकेको छ । फोरमले दोस्रो चरणको चुनावको पनि तयारी गरेको छ । यस्तै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल पनि चुनावमा सहभागि हुने पक्षमा छ । सरकारले भने चुनाव विरोधी हतियारका रुपमा राजपालाई अघि सार्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।