नेपाल र भारतको सीमावर्ती क्षेत्रमा अब एकैसाथ गस्ती गरिने

चितवन, जेठ १२ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका निकुञ्ज र आरक्षमा एकैसाथ गस्ती गरिने भएको छ। एउटा देशमा तस्करी गरेर अर्को देशमा लुक्ने तस्करलाई नियन्त्रणमा लिन र चोरी शिकारीलाई निरुत्साहित पार्न दुबै देशले संयुक्त रुपमा गस्ती अगाडि बढाएका हुन्।

दुई देशका निकुञ्ज तथा आरक्षका प्रमुखसहितको दुई दिने बैठक हिजो साँझ भारतको बाल्मिकी टाइगर रिजर्वमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । नेपालका निकुञ्ज र आरक्षकोतर्फबाट चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले नेतृत्व गरेकाथिए भने भारततर्फबाट बाल्मिकी टाइगर रिजर्वका फिल्ड डाइरेक्टर चन्द्र शेखरले नेतृत्व गरेका थिए।

प्रमुख संरक्षण अधिकृत कँडेलकाअनुसार दुई देशका अधिकारीका बीचमा चोरी तस्करी नियन्त्रण गर्ने, सीमावर्ती निकुञ्जकाबीचमा सूचना आदान प्रदान गर्ने, संयुक्त गस्तीलाई थप प्रभावकारी बनाउने, कर्मचारीको क्षमता अभिवृद्धि गराउने, संयुक्तरुपमा स्थलगत अनुगमन गर्ने र समस्या देखिएमा तत्काल न्यूनीकरणका लागि बैठक बस्ने निर्णय भएको छ।

नेपालतर्फका यी दुई निकुञ्ज र आरक्षकै जस्तो प्राकृतिक बनोट बाल्मिकीमा पनि रहेको छ। नेपालका दुर्लभ वन्यजन्तु त्यसतर्फ जाने हुँदा दुबै देशले संयुक्तरुपमा संरक्षणमा नजुटेसम्म चोरी तस्करी नियन्त्रण गर्न नसकिने हुँदा संयुक्तरुपमा संरक्षण गर्न सुरु गरिएको हो।

बैठकमा दुई देशका निकुञ्ज र आरक्षका कर्मचारीसहित संरक्षणमा कार्यरत सहयोगी दाता, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि र जुलोजिकल सोसाइटी अफ लन्डनका प्रतिनिधिको पनि सहभागिता थियो। यसअघि सन् २०१७ को २८ फेब्रुअरीमा पटनामा भएको दुई देशका उच्च कर्मचारीको बैठकमा यी विषयमा संयुक्त रुपमा काम गर्ने निर्णय भएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖